दलहरुसँग छलफल गर्दै राष्ट्रपति

 

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले दिउँसो ४ बजे शीतलनिवासमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई छलफलका लागि बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ । फागुन २१ गतेकोलागि निर्वाचनको मिति घोषणा भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित