काठमाण्डौ । नेपाल विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा पुस्तक तथा पत्रिका सार्वजनीकरण कार्यक्रम नेपाल विद्युत प्राधिकरणको हलमा २०८२ पुस २५ गते सम्पन्न भएको छ । विद्युतकर्मी साहित्यिक समाजद्वारा निरन्तर रुपमा प्रकाशित हुँदै आएको ‘अमर ज्योति’ त्रैमासिकका सम्पादकका प्रधान सम्पादक विष्णुप्रसाद आचार्यको सभापतित्व र कार्यकारी सम्पादक युवराज शर्माको सञ्चालनमा अघि बढेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नगेन्द्र राज शर्मा,विषेश अतिथिहरु साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ,मोहन दुवाल,नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक तुलाराम गीरि,कथाकार मातृका पोख्रेल हुनुहुन्थ्यो । अतिथिहरुमा डा.पुस्करराज भट्ट शिवप्रसाद भट्टराई ,नवराज रिजाल, प्रकाश थापामगर, कुलप्रसाद पराजुली, केशव रुपाखेती,पुन्य घिमिरे, शिव घिमिरे शब्दसेना, मनु वि.क लगायत हुनुहुन्थ्यो ।
प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन पछि अतिथिहरुबाट मातृका पोख्रेल रचित पुस्तक ‘मलाइ पनि निन्द्रा लागेन’ र विद्युतकर्मी साहित्यिक समाजद्वारा प्रकाशित त्रैमासिक पत्रिका ‘अमरज्योति’को सार्वजनीकरण गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा र अन्य विशेष अतिथिहरूमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन समीक्षक डा. हरि सिलवाल र नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल रहनु भएको थियोे ।
प्रमुख अतिथि र विशेष अतिथिद्वारा संयुक्त रूपमा पुस्तक र पत्रिका सार्वजनिक गरिएको थियो । सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले “नेपालको साहित्यिक पत्रकारिता अहिले पनि सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको दाबी गर्नुभयो ।“उहाँले भन्नुभयो–‘लहड र सनकको भरमा साहित्यिक पत्रकारिता चलेको छ ।’ साहित्यिक पत्रिकाहरु निकै दुःखका साथ चलेको दुःखलाई पनि सुख मानेर चलाउनु प¥यो भन्ने धारणा राख्नु भयो । वहाँले सरकारले साहित्यिक पत्रिकाहरुलाई सहयोग गर्न नसकिरहेको भन्दै वर्गीकरणमा पर्न निकै गाह्रो भएको धारणा राख्नु भयो ।
शर्माले साहित्यिक पत्रकारिता समाजसेवाको एउटा माध्यम रहेको पनि स्पष्ट पनि पार्नुभयो ।
कार्यक्रममा “अमर ज्योति साहित्यिक पत्रकारिता विशेषाङ्क’को समीक्षा नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले गर्नुभएको थियो । भने “मलाई पनि निद्रा लागेन“ कथासङ्ग्रहको समीक्षा डा. हरि सिलवालले गर्नुभएको थियो । कथामा १५ वटा कथा संग्रहित छन् ।
कार्यक्रममा कथाकार मातृका पोखरेलले आफ्नो कृतिको बारेमा र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले अमरज्योति साहित्यिक त्रैमासिकको बारेमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम ठूलो मात्रामा साहित्यिक पत्रकारहरूको उपस्थिति रहेको थियो । साथै विशेषाङ्कमा लेख समावेश भएका बहुसंख्यक साहित्यिक पत्रकारहरू पनि उपस्थित हुनु भएको थियोे । अमर ज्योति साहित्यिक पत्रकारिता विशेषाङ्कमा २६ जना साहित्यिक पत्रकारको लेख समाबेश गरिएको छ । प्रत्येक लेख साहित्यिक पत्रकारिताका विविध आयममा केन्द्रित भई लेखिएको छ । जसमा
१. वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अन्तर्वार्ता साथै २. शारदाको कथा – ऋद्धिबहादुर मल्ल
३. नेपाली साहित्यिक पत्रकारिताको संक्षिप्त चर्चा – रोचक घिमिरे कार्यपत्र ४. डोट्याली साहित्यिक मासिक पत्रकारिताको साक्षात्कारपूर्ण यात्रा – कर्ण दयाल ‘सोराडी’
५. गोर्खापत्र भारत जीवनदेखि अमरज्योतिसम्म विचरण गर्न खोज्दा – कुलप्रसाद पराजुली ६. प्रगतिवादी साहित्यिक धाराको यात्रा – जीवन शर्मा ७. मिडिया र साहित्यको ‘अन्डरबेल्ड’ बुझ्ने यात्रा – डा. टंक उप्रेती
८. साहित्यिक पत्रकारिता र प्रेस काउन्सिलको सम्बन्ध – ठाकुर बेलवासे ९. साहित्यको प्रवद्र्धनमा रेडियो नेपालको भूमिका – ताराप्रसाद वस्ती १०. संस्मरण नवप्रज्ञापन यात्रा ः मोड, सन्दर्भ र प्रसङ्गहरू – नवराज रिजाल
११. हरहमेशा उपेक्षित उपेक्षित साहित्यिक पत्रकारिता – निर्मल अर्याल १२. साहित्यिक विकासको मार्गमा कपन बानेश्वरका पाइला – परशुराम अधिकारी १३. नेपालमा साहित्यिक पत्रकारिता – पवन आलोक १४. साहित्यिक पत्रकारिता प्रकाशनका क्रममा हिमाद्रि, भोगाइ र अनुभव – पुष्य घिमिरे १५. राष्ट्रिय जागरणमा साहित्यिक पत्रकारिताको भूमिका – प्रकाश थापामगर १६. अन्तर्बोधसँगको अन्तर्सम्बन्ध – बोधराज पौडेल १७. महिला सशक्तीकरणमा साहित्यिक पत्रकारिता – मनु बि.क. १८. बदलिँदो रूपमा आजको साहित्यिक पत्रकारिता – मातृका पोखरेल
१९. साहित्योत्थानमा नवप्रज्ञापनको योगदान – माधव घिमिरे ‘अटल’ २०. नेपाली साहित्यिक पत्रकारिता ः संक्षिप्त परिचय र समस्याहरू – मोहन दुवाल २१. राष्ट्रको भाषिक अस्मिता रक्षामा साहित्यिक पत्रिकाको देन – रामेश्वर राउत मातदास ,२२. शाल्मली, शब्दघर र परिधि – लक्ष्मी भट्टराई ‘परिधि’२३. त्यो शारदा यो शारदा – विमल भौकाजी २४. प्रकाशनहरूको यात्रा मित्र ः अमर ज्योति – शब्दसेना ,२५. नेपालको राजनीतिक आन्दोलनमा साहित्यिक पत्रकारिताको योगदान – शशिधर भण्डारी ,२६. समष्टि, हिजो र आज – शान्तिराम भट्टराई ‘शाराभ सिन्धु’ को रचनाहरु समेटिएको छ ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि र विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान र लेखकहरूलाई पारिश्रमिक प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीलाई विद्युतकर्मी साहित्यिक समाजको उपाध्यक्ष शारदा पराजुलीले स्वागत गर्नुभएको थियो ।


