लोकनारायण सुवेदी नेतृत्वको नेकपा संयुक्त जनआन्दोलनमा जाने

काठमाडौँ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ। पार्टी संयोजक लोकनारायण सुवेदीले २०८२ पौष २५ गते जारी गरेको वक्तव्यमा सो कुरा स्पष्ट गरिएको छ। पार्टीको सचिवालय बैठकपछि सो वक्तव्य जारी गरिएको हो। देश अत्यन्तै संगिन घडीमा पुगेको, जनताका समस्याहरू अझ गम्भीर बन्दै गएको र यस परिस्थितिमा निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा चुनाव सम्पन्न हुने, त्यसले जनता राष्ट्रका समस्या हल गर्ने कुनै गुञ्जायश नरेहको समेत वक्तव्यमा स्पष्ट गरिएको छ । वक्तव्यमा भनिएको छ –

“नेपाल कम्युनिष्ट पार्टीको सचिवालयलको जूम बैठक पार्टीका संयोजक क. लोकनारायण सुबेदीको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु यसै प्रेस बिज्ञप्ति मार्फत सार्बजनिक गरिएको छ ।
१.निर्बाचन सम्बन्धि निर्णय
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले बर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय गम्भीरतम र जटील राजनीतिक संकटको परिप्रेक्षमा साम्राज्यबाद, यथास्थितिबाद र प्रतिगमन बिरुद्ध अग्रगामी राजनीतिक निकासका लागि आन्दोलनमा केन्द्रित हुनुपर्ने महत्वपूर्ण निष्कर्शमा पुगेको छ । यथास्थितिमा रहेको उत्पादन सम्बन्ध र तदजन्य स्थितिमा गरिने गरेका परम्परागत निर्वाचन र बहिष्कार दुबैले बिकसित बर्तमान राजनीतिक संकटको सही निकास दिन नसक्ने निष्कर्शमा बैठक पुगेको हो । बैठकले नेपाल कम्युनिष्ट पार्टीको मूल धेय नयाँ जनबादी क्रान्तिको चरण पार गर्दै बैज्ञानिक समाजबादमा पदार्पण गर्ने भए पनि त्यस पूर्बको बर्तमान उपचरणमा अग्रगामी राजनीतिक निकासका लागि निम्न निचोडमा पुगेको छ ।
२.बर्तमान संकटको निकासको बाटो
बर्तमान स्थितिको न्यूनतम सही निकास भनेको अग्रगामी शक्तिहरुको सर्बपक्षीय सहमतिमा अन्तरिम स्वाधीन सरकार मार्फत राजनीतिप्रतिको जन बितृष्णा र गुम्दो जन विश्वास पुनःस्थापित गर्ने, सर्वपक्षीय विचार–विमर्शमार्फत साझा जन संविधान निर्माण गर्ने र दीर्घकालीन संरचनाबाट सुशासन, पारदर्शिता, पूर्ण समानुपातिक(हरेक बर्ग,क्षेत्र, लिंग समुदायबाट निर्वाचित हुने) प्रतिनिधित्व र दीगो विकास सुनिश्चित गर्ने प्रक्रियामा दृढताकासाथ लैजाने छ जसमा मजदुर, किसान, महिला, यूवा बिद्यार्थी, बिभिन्न जातीय क्षेत्रीय समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्तिता हुन सक्दछ र यसरी मात्र देशले नयाँ जन राष्ट्रिय एकता, स्वाधीनता, स्थिरता, अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन, जनजीवनको सुरक्षा, र जनतान्त्रिक प्रणालीलाई बलियो बनाउन सक्छ ।
यसले भ्रष्टारमाथि कडा प्रहार गर्दछ र सबै भ्रष्टाचारीलाई बिना मोलहीजा कारबाहीको दायरामा ल्याएर सबै प्रकारको अबैध सम्पत्तिको राष्ट्रियकारण गर्छ । यूवा बेरोजगारीको अन्त्य गर्न रोजगारीको सुनिश्चितका लागि कृषि, कृषिजन्य उद्योग, पर्यटन र सामाजिक सेवा अन्तरगत राष्ट्रिय रोजगारी पैदा गर्ने ठोस र प्रभावकारी नीति अघि सार्दछ ।
देशको सार्बाभौमिकता र राष्ट्रियताको पक्षमा निशर्त दृढतापूर्बक खडा र संघर्षशील राजनीतिक दल, नागरिक समाज, श्रमिक,(मजदुर किसान) महिला, युवा, क्षेत्रीय र सामुदायिक प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्दछ ।
क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरणको एकीकृत एकमुष्ठ(प्याकेज) नीतिका साथ राष्ट्रिय आत्मनिर्भरताको राष्ट्रिय अर्थतन्त्र र सामाजिक न्यायको दिशामा सक्रियता र दृठताकासाथ अग्रसर हुन्छ ।
यसरी जनता र राष्ट्रलाई केन्द्रमा राखेर तिनलाई सबल, सक्षम र समुन्नत तुल्याउनमा रहेका बाह्य र आन्तरिक बाधा ब्यवधानहरु हटाउने एक पछि अर्को आवश्यक, दृढ र सामयिक कदम र उपायहरु निरन्तर अघि सार्दै नेपाली समाजलाई जनबाद हुँदै बैज्ञानिक समाजबादको उच्च चरणतर्फ प्रवेश गराउने अनुकूल बातावरण सिर्जना गर्दछ ।
यिनै महत्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक कुरालाई जन समक्ष राख्दै देश यतिबेला ‘अगाडि बढे खाडलमा खस्ने पछाडि सरे कुवामा फँस्ने’ उखान जस्तो चक्रब्यूहमा जानाजान जाकिने अबस्था रहेको र बाह्य हस्तक्षेप पनि अपूर्बरुपमा बढिरहेको, करीब ६० लाख जति यूवा मतदाता देश बाहिर जान बाध्य भएको, जेलका संगीन अपराधीहरु बिद्रोहका नाममा हातहतिरयार सहित छाडिएको र तिनका बारेमा सत्यतथ्य के हो नेपाली जनतालाई प्रष्टसँग नबताइएको, चुनावमा फेरि पनि बहिर्मुखी, भ्रष्ट, नब भ्रष्ट र कमिशन खोर र सत्ताका दलालहरुको बर्चश्व मूलतः रहने भयावह स्थिति रहिरहेको त्रासद परिस्थितिमा निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा चुनाव सम्पन्न हुने, त्यसले जनता राष्ट्रका समस्या हल गर्ने कुनै गुञ्जायश नरेहको र अहिलेसम्मको कुनै अनुभव पनि त्यस्तो नभएको सन्दर्भमा संदिग्ध यस्तो चुनावमा सहभागी भएर जनतालाई यसले निकास दिने कुरा बहिर्मुखुी र परिनिर्भर सत्ताले दोहो¥याए जस्तै दोहो¥याउनु कुनै पनि अर्थ छैन । त्यसमाथि स्वाभिमानी, देश र जनताको हितमा लामो समयदेखि अनबरत संघर्षशील र कृयाशील भइरहेको नेपाल कम्युनिष्ट पार्टी जस्तो दललाइ त्यो सोभनीय नहुने, त्यसमाथि हाम्रो नेपाल कम्युनिष्ट पार्टीसँग जानाजान मिल्दोजुल्दो नामको पार्टी दर्ता गरे गराएर जनतामा भ्रम छर्ने षडयन्त्र भइरहेको र ‘नेकपा’ लेखेर, बोलेर र सुनाएर यस्तो अबाञ्छित अभियान ब्यापकरुपमा चालारहेको परिप्रेक्षमा त्यसको समेत भण्डाफोर गर्दै एकल तथा समान बिचार राख्ने राजनैतिक शक्तिहरुसँग संयुक्त आन्दोलनमा जाने निर्णय बैठकले लिएको छ ।
३. बैठकले अमेरिकी साम्राज्यबादले भेनेजुएलमाथि गरेको नाङ्गो आक्रमणको जोडदार बिरोध गर्दै आगामी पुष ३० गते भेनेजुएलाप्रति ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा कार्यक्रम गर्ने निर्णय लिएको र त्यसको आबश्यक तयारीमा तत्कालैदेखि लाग्ने जिम्मा पनि दिएको छ ।
४. पूर्ब निर्णय अनुसार ‘नेपाल कम्युनिष्ट पार्टी महिला समुदायसँग’ राष्ट्रिय अभियान २०८२ लाई अघि बढाउन प्रारम्भिक कार्यको थालनी गर्ने र आगमी आठ मार्चमा राष्ट्रिय महिला भेलाकासाथ सम्पन्न गरिनु पर्ने अन्तार्राष्ट्रिय श्रमिक दिवस सफल पार्न अहिलेदेखि नै आवश्यक कार्यभार पूरा गर्न जिम्मेवारीकासाथ पार्टी क्रियाशील हुने निर्णय गरेको छ ।
५.पार्टीलाई ब्यवस्थित, अझ एकताबद्ध र सुदृढ तुल्याउँदै अघि बढ्न नियमित अध्ययन र पार्टी प्रशिक्षण चलाउने समेत निर्णय बैठकले लिएको छ ।
६.बैठकले पार्टीलाई उत्पादनसँग जोड्ने र जनता र पार्टीलाई आत्म निर्भर तुल्याउने कार्ययोजनाकासाथ अघि बढ्न आवश्यक प्रारुप तयार गर्ने महत्वपूर्ण निर्णय पनि लिएको छ ।
७. बैठकले अन्तर्राष्ट्रिय जन एकता सुदृढ तुल्याउन भाइचारा शक्तिहरु र संगठनहरुसँगको एकताको खोजी गर्न पहल गर्ने समेत निर्णय लिएको छ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित