आइएमई लिमिटेडमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ, साउन ३१।आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल नियुक्त भएका छन् ।उनले साउन ३१ गतेदेखि कार्यभार सम्हाल्न शुरु गरेको आईएमइ कार्यालयले साउन ३१ गते जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ । आइएमई र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै पौडेलले कार्यभार सम्हाल्न थालेको विज्ञप्तिमा जनाईएको छ । जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान हुने विश्वास लिईएको छ ।यसै गरी समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटलरुपान्तरणलार्इ थप तीव्रता दिने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने पनि पौडेलले उल्लेख गरे।
यसै गरी रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर रहेको पनि उनले बताएका छन् ।यसअघि बुधबार आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुरु भएको थियो ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित