नवलपरासीको एकताको जिल्ला सम्मेलन आगमी असोज २–३ गते हुने ।

वर्दघाट ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नवलपरासीले एकताको जिल्ला सम्मेलन आगामी असोज २ –३ गते हुने जनाएको छ । संर्घषको रुपमा एकता सम्मेलन हुने जनाईएको छ । २०८१ भदौ २४ गते बर्दघाटमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले उक्त कुरा जनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापनाकालागि जनविद्रोह आवश्यक रहेको बताए ।
त्यसैगरी पार्टीका अर्का केन्द्रीय तथा जिल्ला संयोजक रवि पाण्डेयले पार्टीकोल एकताको जिल्ला सम्मेलनले जिल्लाको वर्गसंर्घषको खाका बनाउने जानकारी दिए । सम्मेलन पछि पार्टी राष्ट्रियता,जनतन्त्र र जनजिविकाको पक्ष संर्घष गर्ने कार्यक्ममा जानकारी दिईएको थियोक्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा(बहुमत)र नेकपा )(मशाल)बीच एकताको बनेको पार्टी हो । पार्टीले केन्द्रको एकता महाधिवेशन आगामी मंसीर १३ –२३ सम्म काठमाण्डौमा गर्दैछ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित