क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन

  • अध्यक्ष सीपी गजुरेल, उपाध्यक्ष सन्तबहादुर नेपाली, महासचिव परी थापा, सचिव दिनेश शर्मा र कोषाध्यक्ष भिम चापागाई,
  • सात सदस्यीय सचिवालय गठन
  • क्रान्तिकारी संयुक्त मोर्चालाई सत्ताको रुपमा उपयोग गर्ने ।

काठमाडौ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन भएको छ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालका संयोजक सिपी गजुरेलले २०८१ फागुन २२ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो कुराको जानकारी गराउनु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ।– “क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन वि.सं. २०८०साल चैत्र१७ गतेका दिन काठमाण्डौंमा भएकोथियो। क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन निम्न लिखित मूल उद्देश्यका साथ भएको थियो।नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा, जनतान्त्रिक हक अधिकारको रक्षा र नेपाली जनताको दैनिक जीवनका समस्याको समाधान गर्दै संघीय जनगणतन्त्रको स्थापनाका निमित्त नेपाली समाजको आमूल परिवर्तन गर्ने कार्यभार पूरा गर्नकालागि एक क्रान्तिकारी संयुक्त मोर्चाको निर्माण गर्ने; विद्यमान असमान र शोषणमूलक आर्थिक–सामाजिक संरचना, विभेदपूर्ण सांस्कृतिक, धार्मिक, लैङ्गिक, जातीय र क्षेत्रीय अवस्थाको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि संघर्ष गर्ने;देशमा विद्यमान दलाल, नोकरशाही पूँजीपति वर्ग र सामन्त वर्गको सत्ताको अन्त्यगरी नयाँ जनवादी सत्ताको स्थापनाको पक्षपोषणगर्ने; नेपालको राष्ट्रियता (राष्ट्रिय स्वाधीनता), जनतन्त्र र जनजीविका सम्बन्धी तत्कालिक समस्याहरुका समाधानका लागि समेत संघर्ष गर्ने; माक्र्सवाद–लेनिनवाद–माओवादप्रति समर्थनका साथै सबैखाले प्रतिकृयावादी र अवसरवादीहरुको विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी शक्तिहरुसँग संयुक्तमोर्चा र कार्यगत एकतागरी अघिबढ्ने; कथित दोस्रो संविधानसभाद्वारा बनाईएको लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था सहितको संविधान प्रतिकृयावादी भएकाले यसको खारेजीको लागि संघर्ष गर्दै संघीय जनगणतन्त्र नेपालको स्थापना गर्ने; जनसंघर्ष र जनसत्ताको समेत साधनका रुपमा एक क्रान्तिकारी संयुक्त मोर्चाको निर्माण आवश्यक भएकाले त्यस प्रयोजनका लागि क्रान्तिकारी संयुक्त मोर्चा, नेपालको गठन गर्ने । क्रान्तिकारी संयुक्त मोर्चाको गठन पश्चात यसका गतिविधिहरुलाई तदारुकताका साथ अगाडी बढाउने कार्य हुन सकेको थिएन । त्यसका लागि यस मोर्चामा सामेल भएका फुटपरस्त तत्वहरु बाधाका रुपमा रहेका थिए । त्यसकारण यस मोर्चाको सांगठनिक पुनर्गठन गर्न अत्यावश्यक भएको थियो । सो प्रयोजनका लागि यही २०८१ साल फाल्गुण २१ गतेका दिन काठमाण्डौंमा तत्कालीन संयोजक क. सीपी गजुलेरको अध्यक्षतामा एकभेला सम्पन्न गरी २१ सदस्यीय केन्द्रीय समितिको निर्माण भएको छ । जस्मा अध्यक्षः क. सीपीगजुरेल, उपाध्यक्षः क. सन्तबहादुर नेपाली, महासचिवःक.परि थापा, सचिवःक. दिनेशशर्मा र कोषाध्यक्षः क. भिम चापागाईं रहेको ५ सदस्सीय पदाधिकारीहरुको चयन भएकोछ । साथै पदाधिकारी सहित क. पवनमान श्रेष्ठ क. लालबहादुर जाग्री रहेको ७ सदस्सीय सचिवालय पनि चयन भएको छ । त्यसैगरी केन्द्रीय सदस्यहरुमा क. बालकृष्ण ओली, क. दिपक शाही, क. भिम चौलागाईं, क. संजय सिंह, क. शिवश्रेष्ठ, क. सूर्यबहादुर तिमल्सिना, क. मन ुवि.क, क.कर्णबहादुर थापा, क. युवराज न्यौपाने, क. बलिभद्रशमा र मानबहादुरथापा चयन हुनुभएको छ ।
भेलाले तत्कालीन सचिव क.परिथापाद्वारा प्रस्तुत गरिएको मस्यौदा विधानलाई आवश्यक परिमार्जन सहित टुंग्याउने गरी पारित गरेको छ । हाललाई जिल्ला स्तरमा संगठन निर्माणको कामलाई अगाडि बढाउने निर्णय भएकोछ । जिल्ला स्तरीय संगठन निर्माणको काम यही २०८१ चैत्र १ देखि २०८२ वैशाख १५सम्म सन्चालन हुने “जनसम्बन्ध विस्तार अभियान” को दौरानमा सम्पन्न गरिनेछ । भेलाले संगठनका नीति विपरित कृयाकलाप गरी पलायन भएकाले सदस्यहरु धर्मेन्द्र बास्तोला, दिपक चलाउने, हरिकृष्ण गजुरेल, मिलन राइ, हरिश भट्ट, दर्शन नेपाली, कमल बुढा, जितेन्द्र दाहाल र इन्दिरा अधिकारीलाई केन्द्रीय समितिबाट निष्कासन गरेको छ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालले आफ्ना आगामी नीति तथा कार्यक्रमहरु आवश्यकता अनुसार सार्वजनिक गर्दै जानेछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित