सिक्किममा कबड्डी – ४ लाई प्रतिबन्ध

काठमाडौं / नेपालमा सबै भन्दा बढी कमाइ गरेको चलचित्र “कबड्डी ४–द फाइनल म्याच” भारतको सिक्किममा भने प्रतिबन्धित भएको छ । फिल्मको शो हेरिसकेपछी काठमाडौंको सिभिलमलमा चलचित्रकी नायिका मिरुना मगरले लामाको भेषमा रहेका फ्यान फुर्मा तामाङलाई गलत नियतले छोएको भन्दै झापड हानेकि थिइन । यहि घटनाले बिकराल रुप लिदै जाँदा सिक्किममा उक्त चलचित्र माथी प्रतिबन्ध नै लगाउने स्थिति सृजना भएको हो । उक्त घटना पछि सिक्किङमा यो चलचित्र नचलाउन भन्दै लामा समूहले विरोध प्रदर्शन नै गर्दै आएका थिए । उनीहरुले यो चलचित्र सिक्किमको हलमा चलेको खण्डमा हल तोडफोड गर्ने चेतावनी दिएका थिए ।

यसरी हल तोडफोड गर्ने धम्की आएपछि भारत सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। मुख्य मन्त्री तामाङ्गले आफ्नो फेसबुकमा स्टाटसनै लेख्दै भनेका छन् – “सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म राज्यमा कबड्डी ४ को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।” सिक्किममा २०७९ असार ३ गते शुक्रबारदेखि यो फिल्म प्रदर्शन गर्न तयारी गरिएको थियो।

कबड्डी – ४ मा दयाहाङ राईले विवाह गर्ने कोही नपाएपछि भिक्षु बनेको दृष्य देखाइएको छ। यसले बौद्ध धर्मको अपमान गरेको भन्दै काठमाडौंमा उजुरी समेत परेको छ। काठमाडौंमा नायिका निरुना र फुर्वा बिच सहमती भएर वातावरण सहज बनिसकेको भएतापनी सोझो लामालाई गर्दै नगरेको गल्ती स्वीकार गर्न लगाएको भन्दै यतिबेला नायिका मिरुनाको तिव्र आलोचना भइरहेको छ। यही विवादका कारण सिक्किममा यो चलचित्र चल्न नदिने लामा संगठनहरुले चेतावनी दिइरहेका हुन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित