चाडवाडमा बढी मात्रामा मानिसहरुको ओहोर दोहोर हुने गर्दछ । अहिले दशैं नजिकिँदै छ । चाडबाडको मौका छोपेर सर्वसाधारणलाई ठग्ने, कालाबजारी गर्ने, मुल्य वृद्धि गर्ने जस्ता कामहरु हुन्छन् । चाडबाडको समयमा सर्वसाधारण जनताहरुलाई अनेक तरिकाले दुःख दिने गरिन्छ । राजधानीबाट बाहिर जानको लागि असोज २२ गतेबाट अग्रिम टिकट बुकिङको व्यवस्था भएको छ । टिकट बुकिङको लागि काउन्टरहरुमा सर्वसाधारण लाईन लागिरहेका छन् ।कयांैले टिकट लिनको लागि लाईन लागेर घण्टौं उभिन परेको गुनासा आईरहेका छन् । टिकटकालागि पनि पहुँच हुनुपर्ने जस्तो अवस्था आएकोे छ । सरकारले अनलाईनमार्फत पनि टिकटको व्यवस्था भईरहेको जनाएको छ । टिकट लिने काम देखि लिएर यात्रा अवधि र गन्तव्य सम्म नपुग्दा सम्म यात्रुलाई सम्बन्धितघ पक्षहरुले सुरक्षित साथ यात्रामा रहेको छु भन्ने विश्वास दिलाउनु पर्ने हुन्छ ।
हाम्रो भौगोलिक अवस्था, सडकको खाल्डाखुल्डी, साँगुरो र जीर्ण अवस्था ,पुराना सवारी साधन जस्ता कुराहरुले यात्रुहरु दुर्घटनाको त्रास बोकेर हिड्नु पर्दछ । यात्रामा क्षमताभन्दा बढी यात्रुलाई बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने अत्यधिक गतिमा चलाउने ,अनावश्यक ओभरटेक गर्न खोज्ने , रुट मिचेर सवारी चलाउने , सवारी साधनको स्थिति चेकजाँच तथा मर्मतमा उचित ध्यान नदिने , दक्ष चालकको व्यवस्था नहुने , लामो रुटमापनि एउटै चालकले चलाउने जस्ता बेथिति यातायात क्षेत्रमा छन् । यस्ता खालका बेथितिले सवारी दुर्घटना हुने गर्दछ । चाडबाडको समयमा अझै बढी दुर्घटना हुने गर्दछन् । चाडबाडको मौका छोपेर मनोमानी भाडादर उठाउने ,यात्रुहरु प्रति अपशब्द बोल्ने ,यात्रुहरुलाई पु¥याउनु पर्ने स्थानमा नपु¥याई त्यसै छोडिदिने जस्ता कामहरु हुने गर्दछ । अनावश्यक रुपमा व्यवसायीहरुका बीचमा यात्रु तान्ने प्रतिस्पर्धा हुने ,यात्रुहरुका सामानहरुको तानातान गर्ने ,यात्रुहरुलाई प्रलोभनमा पार्ने, सहजता पूर्वक यात्रा गर्न बाट वञ्चित गरिदिने , यस्तै हो मिलेर जानुपर्दछ ,भन्दै क्षमता भन्दा बढीलाई कोचेर हिँडाउने, बिरामी, बालबालिका, वृद्धवृद्धा, अशक्त, सुत्केरीको लागि कुनै व्यवस्था नगराउने,बालबालिकालाई झुण्डिएर यात्रा गर्न वा काखमा राखेर यात्रा गर्नु र गराउन बाध्य पार्ने जस्ता कामहरु हुने गर्दछ । यसले गर्दा महिला, बालबालिकाहरु, अशक्तहरुलाई यात्रा गर्न निकै गाह्रो हुन्छ । चाडबाडको समयमा अझै ट्राफिक प्रहरीले यातायात व्यवसायी चालकहरुबाट घुस लिने ,यातायात साधनलाई अनावश्यक रोक्ने ,चेकजाँचको बहाना बनाएर पैसाको बार्गेनिङ गर्ने पनि गरिन्छ ।
चाडवाडलाई ध्यानमा राखेररुट फ्रि पनि गरिएको हुन्छ । रुट फ्रि गर्दा यातयात व्यवसायीहरुले महंगो भाडादर राख्ने ,विद्यार्थी, अपाङग, जेष्ठ नागरिकले पाउनु पर्ने छुट सुविधा नपाउने , व्यवसायीहरुले हामीले कमाउने समय यही हो भन्दै कुनै नियम ,कानुन मूल्यमान्यताले उनीहरुलाई नछुने जस्ता समस्या चाडबाडमा देखिने गर्दछ ।
चाडबाडमा यात्रा सहज बनाउने कुरामा सबैको ध्यान जानु आवश्यक छ । सडकको अवस्थालाई रातारात सुधार गर्न सकिने कुरा त भएन । भौगोलिक अवस्था मानवले फेर्न सक्ने कुरा भएन । सडक सुधारको लागि सकिने हदसम्म पहल गर्नु पर्दछ । सुरक्षित यात्राको लागि यात्रु, सवारी चालक, सवारीका मालिकहरु, नीति निर्माता,सरकार ,स्थानीय तह यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी सबैले सुरक्षित यात्राका लागि होसियारी अपनाउनु पर्दछ । यात्रामा यात्रुहरु ठगिन नपाउन भनेर भाडादरलाई निकै व्यवस्थित बनाउनु पर्दछ । यात्रुहरुलाई ठगिनबाट बचाउनु पर्दछ । मनोमानी गर्ने, यातायात व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ । घुस र अवैध रुपमा यातायात व्यवसायी तथा चालकबाट रकम असुली गर्ने ट्राफिक प्रहरीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ । सबैलाई सुरक्षित साथ गन्तव्यमा पु¥याउनु पर्दछ ।
दशैं तिहारको सन्दर्भमा यात्रालाई सहज र सुरक्षित बनाउन ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा १४ स्थानमा सहायता डेस्क खडा गरेको छ । यातायात व्यवसायीहरुको समेत समन्वयमा नयाँ वसपार्क, कलंकी, कोटेश्वर, गौशाला जस्ता बढी भिडभाड हुने ठाउँमा सहायता डेस्क स्थापना गरिएको छ । चालकले रक्सी, लागु पदार्थ सेवन आदि गरेको छ कि छैन, सिट संख्या भन्दा बढी यात्रु राखेको छ कि, लामो दुरीको गाडीमा दुईवटा चालकहरु राखेको छ कि छैन, दोहोरो भाडा त मागिएको छैन ? यी विषयमा चेकजाँच गर्न भनी ट्राफिक प्रहरी कार्यालयले प्रहरीहरु परिचालन गरेको छ ।
चाडवाडको समयमा सहज र सुरक्षित यात्रामा ध्यान देऊ
Comments

