बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नयां नेतृत्व चयन भएको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष खुल्लामा कृष्ण ठकुरी, उपाध्यक्ष रुपन्देही बसन्ती आले र नारायाणप्रसाद रेग्मी, नवलपरासी उपाध्यक्षमा खुमबहादुर विसी, नवलपुर उपाध्यक्षमा शाभाकान्त पाण्डेय, काठमाण्डौ उपाध्यक्षमा देवेन्द्र वानिया, गुल्मी, पाल्पा स्याङजा उपाध्यक्षमा निरज केसी, कपिलवस्तु, अर्घाखांची उपाध्यक्षमा उज्वल केसी, महासचिव खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष शंकर लम्साल सर्वसम्वत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।
त्यस्तै समितिको सदस्यहरुमा दुर्गाबहादुर कार्की, काशीनाथ पोखरेल, भूमिराम गैरे, ठाकुर खड्का, रनबहादुर कंडेल, हुमनाथ आचार्य, गोकुल शर्मा, खगेश्वर काफ्ले, रमेश भुसाल र राजकुमार लामा निर्वाचित भएका छन् ।

