गजल प्रशिक्षण तथा वाचन कार्यक्रम सम्पन्न

रुपन्देही । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पसमा गजल प्रशिक्षण तथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको अँग्रेजी तथा नेपाली भाषा साहित्य विभाग संयोजक गोपाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रमबीच नेपाली भाषा साहित्यका प्राज्ञ एवम् विख्यात गजलकार बुँद रानाले लेखनको प्रशिक्षण सहित गजल वाचन र गायन गर्नुभएको थियो । सोही कार्यक्रममा शिक्षासेवी एवम् साहित्यकार सोनु (सुनकुमारी) गुरूङ्ले हाइकुबारे जानकारी दिँदै वाचन गर्नुभएको थियो ।सो अवसरमा गजलकार रानाले गजल लेखनका सुत्र, शैली, विन्यास र तिनका मर्मबारे एक–एक गरी उदाहरण सहित सहभागीलाई प्रशिक्षित गर्नुभएको थियो ।विभागका सदस्य कविता पन्थीको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीमा बहुआयामिक विकाशका लागि क्याम्पसले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापकहरू गोपाल पन्थी, माया घिमिरे, मुक्तिनाथ गैह्रे, विन्दु आचार्य, कविता पन्थी विद्यार्थीहरूः वन्दना न्यौपाने, साक्षी तिवारी, मनिष कण्डेल, तुल्सीराम भण्डारी लगायतले गजल तथा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा प्राध्यापक भिमलाल घिमिरे लगायतले बोल्दै विद्यार्थीमा साहित्यिक चेतका लागि कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

. . . .. . . .

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित