भारतव्यापी रुपमा मनाए नेपाली महिलाहरुले तीज

चेन्नै । नेपाली महिलाहरुको महान पर्वका रुपमा परिचित तीज मूल प्रवाह महिला विभागको आयोजनामा भारतव्यापी रुपमा मनाइएको छ । यसै सिलसिलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिका महिला विभागहरूको संयुक्त तत्वावधानमा ३१ अगस्त २०२२ का दिन चेन्नईमा सम्पन्न भएको छ । कार्यक्रमको संचालन महिला विभाग क्षेत्रीय सदस्य सुनिता बस्यालले गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता महिला विभाग क्षेत्रीय सदस्य श्रीमती जानुदेवी सुवेदीले गर्नु भयो । अतिथिहरूको आशन ग्रहण पछि सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण जनमानसलाई शब्दबाट क्षेत्रीय महिला विभाग सदस्य दिपा शर्मा र संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो ।

महिलाहरूको महान पर्व हरितालिका तीज महोत्सव २०२२ को उद्घाटन प्रमुख अतिथि समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल र केन्द्रीय नेतागणहरूले द्वीप प्रज्वलित गरेर गर्नु भएको थियो । प्रमुख अतिथि समाजका महासचिव महेन्द्र बस्यालले हरितालिका तीजको हिन्दू धर्म अनुसार राजा हिमालयकी छोरी पार्वतीले १०८ ब्रत बसेर कठोर परिश्रम पछि भगवान महादेवलाई आफ्नो श्रीमानको रूपमा प्राप्त गर्न सफल भएको एक पौराणिक तथा धार्मिक दिन हो भन्ने कुरा हिन्दु धर्म ग्रन्थमा उल्लेख गरेको पाइन्छ । त्यस दिन देखी यस पर्वलाई हिन्दु महिलाहरूले श्रीमानको सुस्वस्थ्य तथा दिर्घआयुको लागि ब्रत बस्ने गर्दछन भने अविवाहित किशोरीहरूले राम्रो श्रीमान प्राप्त गर्नको लागि बर्त बस्ने, पूजा आजा गर्ने र दिदी बहिनीहरू जम्मा भएर दर खाने प्रचलन पनि छ । तर आजकाल शहर बजारतिर तीजलाइ तीजको रूपमा नमनाएर खर्चिलो – भड्कीलो र उत्ताउलो रूपमा तीज मनाउने गरेको पनि सामाजिक संजालमा देख्न पाइन्छ । त्यसरी तीज मनाउनुको कुनै औचित्य हँुदैन र त्यस प्रकारको तीज मनाइले नेपाली समाजमा बिकृति फैलाउन सक्छ । हामीले प्रवासमा रहेर पनि त्यस प्रकारका उत्ताउलो पारा र जीवन शैलिको विरोध गर्दै धार्मिक चाड पर्वहरूलाई पनि प्रगतिशील ढंगबाट मनाउनु पर्दछ । हामीहरू प्रवासमा रहे तापनि देश र जनताको पक्षमा आवाज बुलन्द गर्ने गीत गाउने र साधारण तरिकाबाट सबै मिलेर दर खाने परिपाटी मिलाउनु राम्रो हुन्छ ।

हामी समाज संगठनमा लागेका साथीहरू दर खाने मात्र होइन भारतमा रहेका सम्पूर्ण नेपाली जनताका जल्दा बल्दा समस्या समाधान गर्न एक जुट हुनु पर्दछ र देशर जनताको पक्षमा चल्ने जायज र न्यायिक कार्यक्रमहरूलाइ प्रवास बाट पनि समर्थन गर्नुका साथै संयुक्त रूपमा कार्यक्रम गरेर हामीले ऐक्यबद्धता जनाउनु पर्दछ भन्नु भयो । उहाँले पाँच दलीय गठबन्धनले देशको राष्ट्रियता, अखंडता र सार्वभौमिकतालाई नै खतरा पुग्ने गरी एमसीसी र नागरिकता विधेयक संसद बाट पास गर्ने काम गरेका छन । हाम्रो संगठन राष्ट्रिय जनमोर्चा समन्वय समितिले त्यसको निन्दा गर्दछ भन्नु भयो । तिजी कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा समाजकी महिला नेतृ तथा मूल प्रवाह केन्द्रीय सदस्य दुर्गा सुवेदी, केन्द्रीय सदस्य फुलमाया के सी, केन्द्रीय सदस्य हेमराज रिजाल, उमानन्द शर्मा, ज्योति नारायण सुवेदी, केन्द्रीय तथा चेन्नई दक्षिण नगर अध्यक्ष रन बहादुर थापा, केन्द्रीय सदस्य तथा चेन्नई उतर नगर अध्यक्ष नर बहादुर गुरूङ, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष अर्जुन केसी, विद्यार्थी केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, भाइचारा संगठन प्रवासी नेपाली सघ भारतकी केन्द्रीय सदस्य सिमा न्युरे, एकता मन्च तमिलनाडु राज्य सदस्य पर्बत खड्का, जनसम्पर्क समिति क्षेत्रीय समितिकी शिक्षा सचिव सिता नयुरे, मूल प्रवाह क्षेत्रीय सदस्य माया हमाल, मोहराज सुवेदी, रोमनाथ सुवेदी, राम कुमार क्षेत्री, हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी, क्षेत्रीय प्रतिनिधि तिलकराम जि टी, दिनेश थापा, हरि जिसी, क्षेत्रीय महिला विभाग सदस्य देवी रिजाल, सिता घिमिरे, माया रोका, लक्ष्मी खनाल, तुलसा सुवेदी, मंगली विक, रक्तिम क्षेत्रीय विभाग तथा डान्स कोचर दिपा के सी, आइएमई दक्षिण भारत प्रतिनिधि बिष्णु पौडेल, एकता समाज भारतकी क्षेत्रीय सदस्य बन्सरा राना रहनु भएको थियो । शुभकामनाको क्रम सकिए पछि महिला दिदी बहिनीहरूले प्रगतिशील तिजका गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई भव्य बनाउनु भएको थियो ।

अन्तमा सम्पूर्ण उपस्थित जनमानसलाई महिला विभाग सदस्य गिता शर्माले धन्यवाद दिनु भएको थियो । रक्तिमका कलाकारहरू, स्वयमसेबक साथीहरू, महिला कमरेडहरू, हल ब्यबस्थापन समिति, प्रशासन, प्रचार प्रसार टिम, आर्थिक ब्यबस्थापन टिम, भाइचारा अतिथिहरू, पानी ब्यबस्थापन गर्नु भएका बिरू जी, मम पसल, आइएमईबाट बिष्णुजी र न्याय प्रेमी जनसमुदायहरूलाइ तीज महोत्सव आयोजक समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

इलाहवाद ः मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ईलहावाद नगर समितिको तत्वावधनमा महिलाहरूको महान चाड हरितालिका तीज कार्यक्रम दिनांक ३० अगस्त २०२२ का दिन सम्पन्न भएको छ । तीज कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य पम्फा न्यौपानेले गर्नु भयो । अतिथिहरूको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दबाट कल्लपना नाथले र संगितबाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो । तीज कार्यक्रमकी प्रमुख अतिथि महामण्डलेश्वर, उत्तर प्रदेशकी अध्यक्ष श्रीमती कौशल्यानन्द गिरी (टिनामा) ले द्वीप प्रज्वलित गरी गरेर तालीको गडगडाहटमा उद्घाटन गर्नु भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जनताको हक हित र सुरक्षाको लागि राम्रो काम गरिरहेको छ र महामण्डलेश्वर संस्थाको तर्फबाट पनि मूल प्रवाहलाइ हमेसा आर्थिक नैतिक तथा भौतिक सहयोग रहने आश्वासन दिलाउनु भयो । कार्यक्रमलाई शुभकामना दिनेहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपाने, नगर अध्यक्ष ओम बहादुर, उपाध्यक्ष आलोक शर्मा, सह सचिव माधव सापकोटा, कोषाध्यक्ष रोहित शर्मा, सोम बहादुर थापा रहनु भएको थियो । शुभकामना कार्यक्रम पछि तीजका प्रगतिशील गित र नाच प्रस्तुत गरेर कार्यक्रमलाई भब्य र सानदार रूपमा सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन नगर सचिव हरेन्द्रनाथले गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित