चितवन। भरतपुर महानगरपालिका साँस्कृतिक क्षेत्रको विकासमा निरन्तर रुपमा लागि परिरहेको छ । २०८१ भाद्र १२ गते बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।उद्घाटन गर्दै भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्दै भौतिक विकाससंगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने धारणा राखिन् ।खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा समान रुपमा अघि बढेको पनि बताईन् ।
![]()
कलाकेन्द्रको मध्यमबाट संस्कृतिको प्रर्वधन, जर्गेना तथा जागरण ल्याउन सकिने भएकाले यस्ता कार्यहरुले संस्कृतिको संरक्षण हुने कुरा पनि प्रमुख दाहालको रहेको थियो । उनले कार्यक्रममा थप जोड दिँदे भनिन् –हिजोको दिनमा तीजका सन्दर्भमा दुःख र वेदनाको गीत गाउने परिपाटी थियो,‘अहिले व्यवस्था फेरिएको छ । महिलाहरु अधिकार सम्पन्न भएका छन् । महिलाहरु देशको नेतृत्वदायी भूमिकामा छन्। त्यसैले उत्साहका गीत गाउनु होस्।प्रमुख दाहालले हिजोको समान्तवादी व्यवस्थामा महिलामाथि थिचोमिचो हुने, पुरुषले महिलालाई दमन गरेर घरयसी काममा मात्र लगाउने परिपाटी भएकाले त्यस्ता गीतहरु गाउने गरिएको स्मरण गर्दै देशमा महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्याधिस, मन्त्री, मेयर,उपमेयर, वडाध्यक्ष भइसकेकाले उत्साहका गीत गाउदै संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिईन् ।
![]()
कार्यक्रमका वडा नम्बर २४ का अध्यक्ष रामबहादुर गोदारले भरतपुर २४ र २५ मा दलित र जनजातिको बाहुल्यता रहेकाले यहाँ धेरै प्रतिभाहरु रहेको स्मरण गराउँदै कला केन्द्रले नयाँ प्रतिभा जन्नाएर राष्ट्रिय कलाकार उत्पादनको केन्द्र बन्ने विश्वास गरे ।भरतपुर २५ को बयरघारीमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रमलाई हेममायाँ फाउण्डेशनका अध्यक्ष हेम थापा र माया थापाले आर्थिक सहयोग गरेका थिए ।

