पुस्तकालय दिवस र मोती जयन्ती मनाइयो

दमौली । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपालको आयोजनामा र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको सह –आयोजनामा सत्रौ राष्ट्रिय पुस्तकालय दिवस तथा मोती जयन्ती मनाइयो । सो अवसरमा पुस्तकालयको महत्त्वको चर्चा ,परिचर्चा साथै साहित्य वाचन एवम् सम्मान कार्यक्रम प्रतिष्ठानको पुस्तकालय कक्षमा भव्य रुपमा सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष विष्णु भक्त सिग्देलको अध्यक्षतामा प्रगतिशील लेखक संघका अध्यक्ष एवम् प्राज्ञ परिषद सदस्य प्रा.डा. मधुसुधन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र केसरी न्यौपाने , नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कणेल ,नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मी भक्त खनाल , नेकपा मशालका केन्द्रीय प्रतिनिधि पुष्पलाल श्रेष्ठ , प्रतिष्ठानका सल्लाहकार संयोजक श्रीराम कार्की , निवर्तमान अध्यक्ष रामचन्द्र सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

विभिन्न विधाका साहित्य वाचन, ठाडोभाकाका विष्णु भक्त अधिकारी , साहित्य प्रेमीहरु दिवाकर भट्टराई , शान्ता वास्तोला , कल्पना घिमिरे , संगम सापकोटा, शोभा सिंठकुरी , सजिनता पौडेल , गोपाल सुर्खाली , शिव सदाशँकर, कल्पना पौडेल लगायतले आ– आफ्नो साहित्य प्रस्तुति राखेका थिए । । कार्यक्रममा पुस्तकालयमा आई नियमित अध्ययन गर्नु हुने मध्येबाट सक्रिय सहभागी व्यास २ दमौली निवासी बिष्णु प्रसाद वाग्लेलाई सम्मान गरिएको थियोे ।

उक्त कार्यक्रमको सन्चालन गीतल प्रतिष्ठानका सचिव माधव अधिकारी , स्वागत , प्रतिष्ठानका महासचिव श्रृजना सिग्देल र धन्यवाद मन्तव्य गीतल प्रतिष्ठानका अध्यक्ष आकास अधिकारी गरेका थिए ।
–पुष्पलाल श्रेष्ठ , दमौली, तनहुँ

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित