काठमाडौँ । “सिर्जना र संवाद” कार्यक्रमको छैटौं शृङ्खला भदौ १७ गते कविता गोष्ठी गरी सम्पन्न भएको छ । हरेक महिनाको तेस्रो शनिवार दिनको दुई बजे हुँदै आएको कार्यक्रम२०८१ भदौ १५ गते सेतोपुल स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा कवि गौरी देवकोटाको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रममा नाम चलेका कविहरुदेखि लिएर नव प्रतिभाहरुको सहभागिता रहेको थियो । कविहरुले समसामयिक विषयमा लेखिएका आआफ्ना कविता वाचन गरेका थिए । जसमा आस्था घिमिरे, छायाँदत्त न्यौपाने, मोदनाथ मरहट्ठा, धनेश्वर पोखरेल, नन्दीश अधिकारी, जगदिशचन्द्र भण्डारी, गौरी देवकोटा, मित्रलाल पंज्ञानी, विष्णु न्यौपाने र विनिशा पाख्रिनको सहभागिता रहेको थियो । कार्यक्रममा ईश्वर तिमिल्सिना, असल पाख्रिन, गोपाल मरहट्टा लगायतले कविताहरू उत्सुकतापूर्वक सुनेर आआफ्ना प्रतिक्रयार सुझाव राखेका थिए ।
प्रगतिवादी आख्यानकार एवम् समालोचक इस्मालीले वाचन गरिएका कविताहरूमाथि गहन समीक्षासहित कविको शैली, विषयवस्तु, र प्रस्तुतीकरणको पक्षलाई औल्याउँदै, आगामी पुस्ताका कविहरूलाई आफ्नो सिर्जनामा प्रगतिशील विचारहरूलाई जोड दिनुपर्ने विचार राखे । इस्मालीले विशेष गरी नव प्रतिभाहरूका रचनात्मक क्षमतामाथि प्रशंसा गर्दै लेखन कार्यमा प्रतिबद्ध विचारसहित लागिरहन पनि आवश्यक रहेको बताए ।प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंगेनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता दिने बताए । उनले नव प्रतिभाहरुलाई कलालाई अझै तिखार्न सुझाव दिए ।

