काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको काठमाण्डौ जिल्ला संगठन समितिको एकताको ११औं जिल्ला सम्मेलन यही भाद्र २८ –२९ गते हुने सम्मेलन प्रचार प्रसार विभाग प्रमुख हेमन्तले जानकारी दिएका छन् । सम्मेलन एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य ‘किरण’लेउद्घाटन गर्ने आयोजकले जनाएको छ । “गुटवाद, फुटवाद, विसर्जनवाद ,र सबैखाले संशोधनवादको भण्डाफोर गरौं!
सुदृढ र एकताबद्ध क्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाडि बढौं !!” भन्ने मूल नाराका साथ सम्मेलन हुन गईरहेको छ एकताको सम्मेलन सेतोपुलस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा हुने बताईएको छ । सम्मेलनमा सहभागी हुन आयोजकले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

Comments

