अर्घाखाँचीमा १३२औ माओ दिवस

 

सन्धिखर्क ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले राष्ट्रिय एकता महाधिवेशन सन्देश सभा तथा १३२औ माओत्सेतुगं जन्म दिवस सन्धिखर्कमा सम्पन्न गरेकोछ । कार्यक्रममा प्रमुख अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य नरेन्द्र थापाले सम्बोधन गर्दै दलाल संसदीय ब्याबस्थाबाट नेपाली जनताको मुक्ति सम्भब नरहेको बताउदै नया जनवादी ब्याबस्था ल्याउन ३ पार्टी बिच भएको एकताले नेपाली जनतामा आसाको किरण जगाएकोले नेपाली जनतालाइ एकजुट हुन आब्हान गर्नुभयो । साथै माओ दिवसको अबसरमा विश्वसर्वहारा वर्गका महान नेता माओत्सेतुगंको बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो ।कार्यक्रममा क्रान्तिकारी महिला संघ केन्द्रीय सदस्य सिता भट्राराइ,क्रान्तिकारी मजदुर सघंका जिल्ला अध्यक्ष हिम्मत बिक,क्रान्तिकारी किसान महासघंका ग्याम प्रसाद भुसाल,अखिल नेपाल युवक संघ जिल्ला सचिव तारा नेपाली लगायतले मन्तब्य राख्नुभएको थियो।कार्यक्रम जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षता,नम ब घर्तीमगरको सन्चालन र खिमराज भट्टराइको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा शहिदहरु प्रति १मिनट मौनधारण गर्नुको साथै माओत्सेतुगंको फोटोमा माल्यार्पण गरिएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित