दाङमा १३२ औ माओ दिवश तथा राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

घोराही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले १३२ औ माओ दिवश तथा राष्ट्रिय एकता महाधिवेशन सन्देश सभा सम्पन्न गरेको छ ।

पार्टीका दाङ जिल्ला सचिव इश्वरी प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य पार्टीका जिल्ला सदस्य तिलक बि क ले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा प्रदेश संयोजक स्याम बहादुर बोहराले कम्युनिस्ट आन्दोलनमा विचारको संकट आएको बताउनु भयो ।
माओको योगदानको चर्चा गर्दै संयोजक बोहराले वर्ग संघर्षको सिद्धान्तलाई नसमाईकन माओ प्रति सम्मान नहुने बताउनु भयो। अर्का बक्ता पार्टीका केन्द्रीय सदस्य शशिधर भण्डारीले माओले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चागर्दै अहिलेको समृद्ध चिन माओको उपहार हो भन्नुभयो । सामन्तवादी युगमा रहेको चिनलाई दीर्घकालीन जनयुद्धको योजना अनुसार देशीविदेशी दलालहरुको अत्य गर्न सफल भई जनबादी जनगणतन्त्र चिन अहिले बिश्वको समृद्ध मुलुक बन्न पुगेको छ ,उहाको दर्शनले बिश्वब्यापी उथलपुथल ल्याएको साम्यवादी मुलुक त्रसित रहेको कुरा राख्दै कमरेड माओले दिनु भएको दर्शन बिज्ञान सम्मत रहेको बताउनु भयो । अर्का बक्ता केन्द्रीय सदस्य नारायण योगीले हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले हामी तीन पार्टीको एकता मजबुत बनाएको कुरा राख्दै पार्टी एकताले देशिबिदेशी दलालहरु तर्सेको बतानउनु भयो । राष्ट्रिय एकता महाधिवेशनले हामी बिचका सम्पूर्ण मतभेद अत्य गर्न सफल भएको कुरा बतानउनु भयो । यसैगरी बैकल्पिक केन्द्रीय सदस्य तथा घोराही नगर समिति इञ्चार्ज समेत रहनु भएका नवीन खडकाले कमरेड माओले बिश्व कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको चर्चा गर्दै राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएपछि जनतामा उत्साह थपिएको जनताको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै हो अब केही परिवर्तन हुनेछ भन्ने बिस्वास जनतामा रहेको कुरा राख्दै जिल्ला भित्रका समस्या तथा हल गर्न सकिने योजनाहरुको बारेमा मन्तब्य दिनु भएको थियो ।

कार्यक्रम सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय बैकल्पिक सदस्य तथा दाङ जिल्ला सह सेक्रेटरी दिपक बिष्टले गर्नु भएको थियो ।सभा पूर्व घोराही बजारमा जुलुस प्रदर्शन गरिएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित