बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , रुपन्देहीको आयोजनामा माओको १३२ अौं जन्म दिवस र एकता महाधिवेशनको सन्देश सभा बुटवलमा सम्पन्न भएको छ । जिल्ला पार्टी सचिव लक्षमीकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य राम सिङ श्रीसले कम्युनिस्ट आन्दोलनमा माओका योगदान सार्वभौम भएको हुनाले मार्स , लेनिन र माओमध्ये कुनै एकलाई छोड्न नहुने बताउदै अहिले कतिपय कम्युनिस्ट घटकले माओको योगदानको अपमान गरेर माक्र्सवाद लेनिनवाद मात्रै भनेर कम्युनिस्ट आन्दोलनमा भ्रम सृजना गरेको दाबी गर्नुभयो । माओले दर्शन , राजनीति , व्यवहार , संस्कृति लगायतका क्षेत्रमा खेलेको योगदानको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मात्रै माओको सही मुल्यांकन गरेको बताउनु भयो ।
श्रीसले एकता महाधिवेशनले श्रमजीवी जनतामा उत्साह पैदा गर्दै दलाल व्यवस्था विरुद्ध लड्ने नीति लिएकोले भ्रष्ट दलाल व्यवस्था बिरुद्ध र जनवादको पक्षमा रहेका सम्पुर्ण जनता पार्टी कार्यक्रममा गोलबन्द हुन आह्वान गर्नुभयो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका सहसंयोजक दिपक पौडेल , एकता समाजका प्रतिनिधि नारायण शर्मा , पत्रकार नारायण सर्मा , महिला नेतृ लक्ष्मी न्यौपाने लगायतले माओका योगदानका विषयमा बोल्नु भएको थियो । राजु भुजेलले संचालन गरेको कार्यक्रममा मनिराम सापकोटाको स्वागत मन्तव्य रहेको थियो ।

