इटहरी । सुनसरी जिल्लाको खनारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सुनसरीको आयोजनामा १३२ औं माओ दिवस सम्पन्न भएको छ ।
जिल्ला सचिव पारस लिम्बूको अध्यक्षतामा नवीन थापाको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य निरु पोख्रेलले राख्नु भएको थियोे। ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धान्जली अर्पंणगरी अघि बढेको समारोहमा प्रमुख अतिथि सँगमले माऔका योगदान र नेपालको सापेक्षता माथि प्रकाश पार्नु भएको थियो । अन्य अतिथि बक्ताहरु के स बिवेक , बलदेब र जिल्ला स्थित नेताहरु रबिकिरण, खम्बसिँह कार्की, मदन चौधरी, पदम तामाङ। सुर्य गिरी, अगम बिक समेतले माऔका योगदानको चर्चा गर्नु भएको थियो भने बलदेबले माओले संचालन गर्नुभएको किसान लङ्गमार्च र नेपालीमा किसान संगठनको अपरिहार्यता माथि प्रकाश पार्नु भएको थियो ।
सुनसरीमा १३२ औं माओ दिवस सम्पन्न
Comments

