कपिलवस्तुमा माओ दिवस र सन्देश सभा सम्पन्न

कपिलवस्तु । दिनांक २०८१ /०९/ ११ गतेका दिन  दिन क्रान्तिकारी कम्युनिस्ट  पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा तथा १३२ औं माओ दिवस कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ११ को मैनहरामा कार्यक्रम सम्पन्न भएको हो  । कार्यक्रमको सन्चालन अमृता खडका र अध्यक्षता हिमलाल वाग्लेले गर्नु भएको थियो  ।

प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका  केन्द्रीय सदस्य सन्त बहादुर नेपालीले आफ्नो मन्तव्य राख्दै भन्नुभयो- ” माओले अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशमा पनि सर्वहारा वर्गले क्रान्ति गर्न सक्दछन भन्ने कुरा चीनमा प्रयोग गर्नु भयो ।  जसका  लागि सर्वहारा वर्गको नेतृत्वमा नयाँ प्रकारको पुँजीवाद स्थापना गरेर समाजवाद ,साम्यवादमा जाने बाटो देखाउनु भयो। नेपालका सन्दर्भमा पनि माओका नीतिहरू सही प्रमाणित हुन्छन् । तर विश्वको बदलिँदो परिस्थिति अनुसार नेपालको परिस्थिति पनि  केही फरक हुन गएकोछ । त्यसकारण नेपालको जनवादी क्रान्तिको  सन्दर्भमा नवउपनिवेशवाद अझ  जटिल बनेर आएकोछ । नयाँ जनवादी क्रान्तिमा बचे खुचेको सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवाद प्रधान दुश्मन शक्ति बनेकोछ ।तर तत्कालीन रूपमा दलाल पुँजीवाद नै नेपाली जनताको प्रमुख दुश्मन बनेर उभिएकोछ । ” उहाँले माओका शिक्षालाई ग्रहण नगरिकन साम्राज्यवाद तथा घरेलु प्रतिकृयावाद माथि बिजय हासिल गरेर सर्वहाराले राज्य सत्ता कायम गर्न सक्दैन भन्नू भयो । उहाँले राष्ट्रिय एकता महाधिवेशनले लिएका नीतिहरूको चर्चा गर्दै अहिलेको अवस्थामा संशोधनवादले कम्युनिस्ट आन्दोलनमा निकै भ्रम फैलाएको चर्चा गर्दै  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल  नै एक मात्र  नेपालको सच्चा कम्युनिस्ट पार्टी भएको हुनाले अन्य कम्युनिस्ट घटक तथा व्यक्तिहरूलाई पनि एकतामा सामेल गर्नुपर्ने आवश्यतामा जोड दिनु भयो ।

उपस्थित जनसमूहलाई मन्तव्यद्वारा आशिष थारुले  स्वागत गर्नु भयो । माओको फोटोमा अबिर लगाएर
श्रद्धाञ्जली अर्पण गरिएको थियो । विगतका जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन र प्राणको आहुती दिने ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो । अन्य बक्ताहरूमा पार्टीका जिल्ला सदस्य कमल उप्रेती ,भुवानी प्रशाद पराजुली ,जनक पौडेल, केशव आले ,अनिता थारू ,  कमला थारू,कनिज मिया,रामरती थारू, तेजबहादुर थारू,दीप थारू र प्रभु थारूले पनि माओलाई स्मरण गर्नुका साथै पार्टी महाधिवेशनको औचित्य बारे बोल्नु भएको थियो । अन्त्यमा ,कार्यक्रमका अध्यक्ष हिमलाल वाग्लेले आफ्नो मन्तव्य सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित