सहिद परिवारलाई स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर प्रदान गर्न राज्यलाई दवाव दिने कार्यक्रम बनाएका छौं

–ढोग प्रसाद अधिकारी
सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रे जिल्ला समिति

१ ) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन मङ्सिर १३ देखि २३ सम्म सम्पन्न भयो । राष्ट्रिय एकता महाधिबेशनमा पार्टीको काभ्रे जिल्ला समितिको भूमिका कस्तो रह्यो ?
– महाधिवेशन पार्टी जीवनमा एउटा महत्त्वपूर्ण उत्सव भएकोले काभ्रे जिल्ला समितिको तर्फबाट महाधिवेशनमा उत्साह पुर्वक सहभागिता जनाइयो ।
२) राष्ट्रिय एकता महाधिवेशनको समग्र मूल्यांकन गर्नु पर्दा के भन्नु हुन्छ ?
– विभिन्न बिषयमा भएका बहस र छलफलले क्रान्तिकारी आन्दोलनलाई रक्षा र विकास कसरी गर्ने भन्ने कुराको दिशा निर्देश गर्न सफल भएको छ ।
३) महाधिबेशन पछि पार्टी कसरी अगाडि बढ्नु पर्दछ भन्ने ठान्नु हुन्छ ?
– महाधिवेशनले पारित गरेका नीति कार्यक्रमलाई जनताको बिचमा पुर्याउदै पार्टीको भावी योजनालाई सफल बनाउदै क्रान्तिकारी पार्टी र जनता बीचको सम्बन्धलाई जोड्दै जनताका वर्गीय मुद्दालाई उत्थान गर्दै अघि बढ्नु पर्दछ भन्ने हाम्रो सोचाईछ ।
४) काभ्रे जिल्लामा सामाजिक अन्तर्विरोधको स्थिति के छ ?
– वर्गीय असमानता, जातीय उत्पीडन र छुवाछूत जस्ता विषय समाजमा टड्कारो रुपमा देखा परेका छन् । छुवाछूतकै कारण हत्यासम्म हुने गरेका छन।मठ,मन्दिर,पार्टी ,पैवामा विभेदहरु जारी छन।यसको अन्यको लागि विशेष अभियान चलाउन जरुरी छ।
५) काभ्रे जिल्ला लामो वर्ग संघर्षको इतिहास बोकेको जिल्ला हो । काभ्रे जिल्लाको विगतको वर्ग संघर्षलाई स्मरण गर्दा के भन्नू हुन्छ ?
– काभ्रे जिल्लाबाट वर्गसंघर्षका लागि थुप्रै मान्छेहरुले वलिदान दिएका छन । कृष्णदास श्रेष्ठ लगायत थुप्रै कमरेडहरुले वर्गसंघर्षका लागि ३२÷३३ साल देखि नै वर्गसंघर्षमा योगदान गर्नुभएको छ।पछिल्लो समय कमानसिंह लामा,आलोक,कान्छामान तामाङ लगायतका कमरेडहरुको महत्त्वपूर्ण भूमिका रहेको थियो।दशवर्षे जनयुद्धमा समेत १९२ जना कमरेडहरुले बलिदान दिनु भएको छ भने कैयौं कमरेडहरु अझैपनि वेपत्ता हुनुहुन्छ ।
६) काभ्रे जिल्लामा कम्युनिस्ट आन्दोलनको संक्षिप्त ईतिहास बताउनुहुन अनुरोध छ ।
– २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भए देखि शैलेन्द्र कुमार उपाध्याय,शम्भु श्रेष्ठ,निर्मल लामा,कृष्णदास श्रेष्ठ लगायतका नेतृत्वहरुले काभ्रे जिल्लामा वर्गीय मुद्दालाई लिएर मजदुर ,किसानहरुलाई संगठित गर्दै कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ।तर विडम्बना,आज कम्युनिस्ट पार्टीहरु टुटफुट र विभाजन हुँदा काभ्रे जिल्लामा पनि विभिन्न धारामा कम्युनिस्ट आन्दोलन विभाजित छ।
७) काभ्रे जिल्लाका स्थानीय समस्याहरू के के छन् ?
– काभ्रे जिल्ला राजधानी सँगै जोडिएको भएतापनि वाटोघाटो,शिक्षा ,स्वास्थ्य,खानेपानी,सिँचाइ लगायतका समस्या बाट मुक्त हुन सकेको छैन।युवाहरु रोजगारीको शिलसिलामा बिदेश पलायन भैरहेका छन।त्यसलाई रोक्नका निम्ति राज्यको कुनै नीति देखिदैन ।
८) काभ्रे जिल्लामा पार्टी कार्यलाई कसरी अगाडि बढाउने सोच्नु भएकोछ ?
– महिला,विधार्थी,मजदुर,किसानहरुको बीचमा पार्टीका कार्यक्रमहरु लैजादै प्रमुख मुद्दा वर्गीय मुद्दा बनाउदै र संगठित गर्दै आन्दोलनको आधिबेरी सृजना गर्ने सोचिरहेका छौ।
९) तपाईं सहिद परिवारको सदस्य पनि हुनुहुन्छ । सहिदको वलिदानलाई सम्मान गर्न केही सृजनात्मक कार्य पनि गर्नु भएकोछ कि?
– मैले माथि भनेजस्तै काभ्रे जिल्लामा विभिन्न आन्दोलन र जनयुद्धको क्रममा १९२ जनाले वलिदान दिएका छन।मैले सहिद परिवारका सदस्यहरुलाई भेट्ने र उहाँहरुको समस्या बुझ्ने र परिवर्तनका लागि सहादत गर्नु भएका परिवारहरुलाई राज्यबाट स्वास्थ ,शिक्षा र रोजगारीका लागि राज्यलाई दवावका कार्यक्रमहरु गर्न काभ्रे जिल्ला समितिले भावी योजना तयार गरेको छ ।
१० ) हाँक साप्ताहिक मार्फत थप भन्नू केही छ कि?
–अहिले रक्षात्मक रुपमा पुगेको कम्युनिस्ट आन्दोलनलाई पुनः संगठित गर्दै हामी अगाडि बढिरहेका छौ।त्यसका लागि काभ्रे जिल्लावासीहरुले बिशेष साथ र सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा राखेका छौ।संसदीय ब्याबस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
अन्त्यमा,लोकप्रिय पत्रिका हाँक साप्ताहिकले विचार राख्न दिनुभएकोमा बिशेष धन्यवाद दिन चाहान्छु।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित