
तथा चार नम्बर प्रदेश इन्चार्ज हरिभक्त कँडेल प्रतिकले आफू विद्यार्थी संगठनमा काम गर्दा श्रेष्ठ पार्टी महामन्त्री रहेको र उहाँले दिएका सल्लाह तथा निर्देशनहरू स्मरणमा छन् भन्नू भयो। प्रतिकले भक्तबहादुर श्रेष्ठ सधैं सुधारवाद र अवसरवादका विरुद्धमा उभिनु भएको सर्वहारा वर्गको नेता हुनुहुन्थ्यो भन्नू भयो ।भक्तबहादुर श्रेष्ठकि जेठी छोरी प्रभाले आफ्नो बुबाको बारेमा बोल्नु भयो- जीवनमा जब अप्ठ्यारो स्थिति आउँछ बुबाको स्मरण हुन्छ ।हाम्रो बुबाले निकै कष्ठको जिन्दगी विताउनु भएको थियो । कहिले जेलमा ,कहिले भूमिगत, कहिले जनता सित संघर्षमा ।मेरो बुबा साँच्चै संघर्षशील हुनुहुन्थ्यो । मैले सानो छँदा सुनेको बुबा सानै उमेरमा भागेर पाटन आई निनी सित बसेर पढ्नु भएको हो रे । पाटनमा पढ्दा १४ वर्षको सानै उमेरमा मदनमणी दीक्षितको संगतमा लागेर राजनीतिमा लाग्नु भएको थियो रे । झुल्के घाम भन्ने गरीवको ब्यथा संगालेर बुबाले गीत निकाल्नु भएको थियो । हामीले केटाकेटीमा बुबाको त्यो गीत भाका हाली हाली गाउँथ्यौं । बुबा जेलबाट आउँदा म १५/१६ वर्षकी थिएँ । त्यति बेला हामीलाई नयाँ वर्षमा वा दसै तिहारमा नयाँ कपडा फेर्न पनि धौधौ हुन्थ्यो । खर्च नभएर कतिपटक त हामी पिडालु मात्र खाएर बस्यौं । आमाले त्यो कुरा माइतमा नभनेस भन्नू हुन्थ्यो । मैले एक पटक माइतमा त्यो कुरा सुनाए । अनि आमाले किन भनिस भनेर पिट्नु भयो । त्यो कुरा मैले कहिलै बिर्सिदैन । हामीलाई बुबाले माओका किताब ,सचित्र चीन पढ्न दिनु हुन्थ्यो । सचित्र चीन देखाउँदै बुबाले हामीलाई हाम्रो देशमा यस्तै ब्यबस्था ल्याउने हो भन्नू हुन्थ्यो ।
उहाँले गरेको योगदानले गर्दा नै धेरैले बुबालाई सम्झन्छन । बुबा राती अबेर सम्म पनि लेख्ने पढ्ने गर्नु हुन्थ्यो । क्रान्तिकारी शक्तिहरू छिन्न भिन्न नभएर एक भए हुन्थ्यो भन्ने लाग्छ ।”

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य रामबहादुर बुढाले भक्तबहादुर श्रेष्ठलाई सम्झनुको मुख्य कारण उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो भन्नू भयो ।२०१९ साल पछि पार्टी छिन्न भिन्न भएका बेला उहाँ केशर जंग, तुल्सीलाल वा अरू तिर लाग्नु भएन ।उहाँ चौथो महाधिवेशनको क्रान्तिकारी धार पक्रनु भयो । मृत्यु पर्यन्त पनि उहाँ क्रान्तिकारी नै रहनु भयो। बुढाले नौ वाम आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनको संयोजकको हैसियतले श्रेष्ठले खेलेको भूमिका र खुला मोर्चाबाट माओवादी जनयुद्धलाई गरेको समर्थन समेत स्मरण गर्नु भयो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा ईच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दु:खीले श्रेष्ठको योगदानको चर्चा गर्दै उहाँले लेखेका दर्शन, राजनीतिक अर्थशास्त्र र साहित्यिक कृतिलाईअध्ययन नगरीकन उहाँलाई बुझ्न र मूल्यांकन गर्न नसकिने बताउनु भयो। संविधान सभाका पूर्व सभासद प्रल्हाद लामिछानेले भक्तबहादुर श्रेष्ठ अर्थात साइँला बाका नाममा अन्य रचनात्मक काम पनि गर्नु पर्ने सुझाउनु भयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव तथा कार्यक्रमका अध्यक्ष सीपी गजुरेलले हेटौडामा जग्गा उपलब्ध छ । भक्तबहादुर श्रेष्ठको नाममा स्मृति भवन बनाउने योजना सुनाउनु भयो । गजुरेलले भन्नू भयो- भक्तबहादुर जीले दर्शन ,राजनीतिक अर्थशास्त्र जस्ता गहकिला विषयलाई गहिरो अध्ययन गरेर पुस्तक लेख्नु भएको बताउनु भयो । मोहन विक्रम सिंह र निर्मल लामाका बीचमा चरम कटुटा भएका बेला पनि पार्टीलाई मिलाएर लानु भयो । मोहन जी र लामाजी दुवै पक्षको सर्बसम्मतीमा उहाँ महामन्त्री बन्नु भएकोथियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यहरू सिताराम तामाङ,ईन्द्रमोहन सिग्देल बसन्त,दिनेश शर्मा ,भक्तबहादुर श्रेष्ठका नाति ज्वाईं नर बहादुर पाख्रीनको समेत आतिथ्यताथियो ।


