चितवनमा दलित समस्याबारे गोष्ठी सम्पन्न

चितवनमा दलित समस्याबारे गोष्ठी सम्पन्न
अम्बिका मुडभरी, नारायणघाट । माघ १ गते चितवनमा नेपाल र भारत दुवै देशका दलितहरूले भोगेका समस्या र समाधानका उपाय बारे विचार आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । कमरेड तुहीन (अखिल भारतीय संयोजक ,जाति उन्मुलन आन्दोलन एवं सिपिआइ एमएल रेड स्टार पि बि एम) र लखन सुबोध ९(जाति उन्मुलन आन्दोलन गुरुघासीदास सेवादार संघ छत्तीस गढ भारत) ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो ।

कार्यक्रममा नेपालको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य सन्त बहादुर नेपालीले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो। दुवै देशको तर्फबाट विषयवस्तु प्रस्तुत भएपछि उक्त विषयवस्तुमा आधारित रहेर एकीकृत दलित मुक्ति मोर्चाका बाबुराम परियार ,नेकपा माओवादी केन्द्र निकट दलित संगठनका पूर्ण विक,गोपाल परियार रबि बिक ,नेकपा एमाले निकट दलित संगठनका टेक बहादुर बिक , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट दलित संगठनका सतिसाल ,नेकपा मशाल का संयोजक बिमल शर्मा ,क्रान्तिकारी महिला संगठनका केन्द्रिय संयोजक अम्बिका मुडभरी लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

एकीकृत दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय कार्यवाहक संयोजक टेकबहादुर विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । भारतबाट आएको टोलीलाई क्रान्तिकारी कम्युनिष्ट चितवनले स्वागत गरेकोथियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित