भारत । अखिल भारत नेपाली एकता समाज फरिदाबाद सङ्गठन समितिले २०८१ सालको प्रगतिशील भैलोको समिक्षा र समापन कार्यक्रम सप्पन्न गरेको छ ।
नगर समितिका अध्यक्ष बिनिमाधव पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन थमन थापाले गर्नु भएको थियो, कार्यक्रमको प्रमुख अतिथि सचिव नारायण शर्मो,केन्द्रीय सदस्य मधु भुसाल ,कोष प्रसाद पौडेल ,भुमिसरा बुढाथोकी, विद्यार्थी बिभाग बाट गोमा बुढाथोकी, रक्तिम बिभागबाट नवीन खनाल, क्षेत्रीय सदस्य केबल बहादुर बुढाथोकि, महिला बिभाग क्षेत्रीय अध्यक्ष सिमा क्षेत्री ,सदस्य रमा न्यौपाने महिला नगर अध्यक्ष कमला भुसाल दिल्ली नगर समिति बाट खुम बहादुर मगर ,लालुमाया मगरको उपस्थिति थियो। ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेटको मौन धारणा पसश्चात बिरु चन्दको स्वागत मन्तब्य पछी कार्यक्रम अगाडि बढेको थियो ।सोही कार्यक्रममा खेलको आयोजना गरिएको को थियो । घैटाफोर खेलमा प्रथम थमन थापा, द्वितीया रुपाली र तृतीय भिम बहादुर हुनुभएको थियो। महिलाहरूतर्फ म्युजिकल चियरको आयोजना गरिएको थियो . जसमा प्रथम कमला भुसाल, द्वितीया भुमिसरा बुढाथोकी र तृतीय सुनाली हुनु भएको थियोे । पुरस्कार बितरण केन्द्रिय सचिव नारायण शर्मा र महिला नेत्री सिमाले समाजको काम कर्तव्यको बारेमा स्पष्ट गर्नुका साथै बधाई तथा बिजेतालाइ शुभकामना दिनुभएको थियोे । हेबल हेम्ला एरिया अध्यक्ष किसन पुन ,बल्लमगढ एरिया अध्यक्ष अयोध्या चालिसे र एन आइ ती एरिया अध्यक्ष चुमन घर्तीले शुभकामना मन्तब्य दिनुभएको थियोे . अन्त्यमा अध्यक्ष द्वारा कार्यक्रम समापन गरिएको थियो।

