केवलकार निर्माण विरुद्धको आन्दोलन स्थगित

काठमाडौं । पूर्वी नेपालमा चलिरहेको ताप्लेजुङको पाथिभराको
केवलकार निर्माण विरुद्धको आन्दोलन स्थगित भएको छ ।पहिचान पक्षधरहरुले आन्दोलन गर्दै आएका थिए ।
सरकार र आन्दोलन पक्षधरबीच माघ २२ गते साँझ ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ,
आन्दोलनका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइ गर्ने र आन्दोलनकारी पक्षकाट घोषित आन्दोलन फिर्ता गर्ने सहमति भएको छ। अर्को वार्ता माघ २७ गते बस्ने पनि दुई पक्षबिच सहमति भएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित