हरिश ढकाल–
बुटवल, फागुन । वुटवलमा मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ फागुन ९गतेदेखि शुरु भएको छ ।बुटवल ५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ को शुभारम्भ नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले गर्नु भएको हो । शैक्षिक विकास र सुधारका लागि भरोषा योग्य कार्यक्रम संचालन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ भएको हो । सार्वजनिक शिक्षाको साखलाई आम अभिभावक, विद्यार्थी तथा सरोकारवालाको भरोसा र विश्वासको केन्द्रको रुपमा स्थापित गर्न ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ संचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लामा एकैसाथ शुरु गरिएको सो अभियान सफल पार्न लुम्बिनी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयले आफ्नो स्थान र संस्था मार्फत योगदान गर्न सबैलाई हार्दिक अपिल समेत गरेको छ । साथै सरोकारवाला सबैको सक्रिय सहभागिताका लागि समेत मन्त्रालयले आग्रह गरेको छ । समुन्नत नेपालको निर्माणका लागि शैक्षिक लहर ल्याएका विद्यालयहरुलाई पूर्ण सिकाई केन्द्रको रुपमा स्थापित गर्नु मुख्य उद्देश्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ज्ञानोदय मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा सन्पन्न सो कार्यक्रममा पुर्व नगरप्रमुख पुनाराम पोखरेल, नेपाल शिक्षक संघ प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, मन्त्रालयका उपसचिव नारायण प्रसाद पोखरेल, शिक्षा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, नगर शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, बिद्यालयका प्रधानाध्यापक टिकाराम शर्मा, प्राध्यापक शिव ज्ञवाली, शिक्षिका पुष्पा खनाल लगाएतले शैक्षिक क्षेत्रमा सरोकारवालाहरुको सकारात्मक भूमीका र सहयोगमा सामुदायिक विद्यालयको खस्कदो स्तरलाई क्रमशः सुधार गरी हाम्रो विद्यालय राम्रो विद्यालय बनाउनु पर्ने बताएका थिए ।
विद्यालयको गुणस्तर बृद्धिसँगै शैक्षिक क्षेत्रको विकास गरी आम अभिभावक, विद्यार्थी र सरोकारवालाको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्नु अभियानको मुल लक्ष रहेको छ ।
‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ
Comments

