नेत्र प्रसाद आचार्य सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित

रुपन्देही । नेत्र प्रसाद आचार्य सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा दिलीप प्रसाद कान्दु, उपाध्यक्ष कर्पोरेटमा रोहित कुमार अग्रवाल र उपाध्यक्ष उद्योगमा गोविन्द ज्ञवाली पनि निर्विरोध रूपमा निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मङ्गल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।उपाध्यक्ष (वाणिज्य)मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दीपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसैगरी सह–कोषाध्यक्षमा सञ्जय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ । आगामी फागुन २४ गते शनिबार हुने संघको निर्वाचनका लागि शुक्रबार भएको मनोनयन दर्तामा अध्यक्षमा नेत्र प्रसाद आचार्यसहित अधिकांश निर्विरोध भएको निर्वाचन मण्डलले जनाएको छ ।आचार्यले यसभन्दा पहिले सो संघको उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित