श्रद्धाञ्जली कार्यक्रम

डि.पि.अधिकारी,काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्युरो सदस्य सुमन सिंह तामाङको बुबा सुकमान तामाङको २०८१ फागुन १६ गते दिनको साढे २ बजे मृत्यु भएको थियो । उहाँको परिवारमा जुन यो दुःख घटना घट्यो त्यसप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरो कार्यालय र काभ्रे जिल्ला समितिले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । मृतक सुकमान तामाङ १९९९ मा जन्मनु भएको थियो । उहाँको आर्यघाटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस र १० नम्बर ब्युरो इन्चार्ज प्रवेशको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न भयो । सुकमान तामाङकी श्रीमती पातली तामाङ, छोराहरू सुखमान्तमाङ, सोमान सिंह तामाङ, उजुरमान तामाङ, महेश तामाङ र छोरीहरू व्यक्ति तामाङ, सम्झना तामाङ हुनुहुन्छ ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित