पिताम्बर भट्टराइको स्वास्थ्यमा क्रमिक सुधार

फागुन २०,बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार तथा साहित्यकार पिताम्बर भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । वहाँ स्वासप्रस्वासको समस्याका कारण २०८१ फागुन १५ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनु भएको थियो । वहाँलाई सघन कक्षमा उपचार भइरहेकोमा हाल स्वास्थ्यमा सुधार आएपछि आज क्याविनमा सारिेएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले हाँक टुडेलाई जानकारी गराउनु भयो ।हाँक टुडे वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित