९ नम्वर ब्यूरोको आयोजनामा राजनीतिक संकट र निकासबारे अन्तरक्रिया

चैत्र – १६,काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं व्यूरोले “‘वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र निकासको प्रश्न” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
ग¥यो ।अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गुजुरेल गौरवले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि नेकपाका अध्यक्ष तथा राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक लोकनारायण सुवेदी, अर्थविद् दीपेन्द्रबहादुर क्षेत्री, प्रा.डा .जगदीशचन्द्र भण्डारी र डा महेशमान श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । फ्रलोअरबाट फणिन्द् कार्की ,कमला चन्द लगागतले प्रश्न राख्नु भएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नं व्यूरोका इन्चार्ज दिनेश शर्मा सागरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सो व्यूरोका सचिव चिन्तामणि पौडेलले गर्नुभएको थियो र काठमाडौ जिल्ला सेक्रेटरी केदार खतिवडाले स्वागत गर्नू भएको थियो ।

फोटोः जय दाहाल

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित