७ साउन, काठमाडौ। हरेक वर्ष साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइन्छ । यो वर्ष पनि नेपालका विभिन्न कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रम गरी पुष्पलालको स्मृति दिवस मनाएका छन् ।
विसं २००६ वैशाख १० ( १९४९ अप्रिल २२) मा पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशीर नरबहादुर कर्माचार्यले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए । विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा पुष्पलालको जन्म भएको थियो । । उनी सहिद गङ्गालालका भाइ हुन् । अहिले प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।
व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।उनी संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेपक्षमा थिए । उनले नेपालमा नयाँ जनवादी क्रान्तिबाट मात्र देश र जनताको मुक्ति हुुुन्छ भन्ने मान्यता ररख्दथे । कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा पहिलो पटक उल्था गरेर नेपालमा साम्यवादी विचारको प्रचार गर्नमा अग्रणी भूमिका खेलेका थिए । उनको वि. सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

