हुकुम नेपाली प्रति श्रद्धाञ्जली अर्पण

महेन्द्र वश्याल
चेन्नई । मान्डवी गाउँपालिका वार्ड नंवर १, सिमलचौर, प्युठान जिल्ला निवासी सन्जय नेपालीका १९ वर्षीय छोरा हुकुम नेपालीको असायिक निधनप्रति अखिलभारत नेपाली एकता समाजले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना प्रकट गरेको छ । वहाँको असामयिक निधनपछि शवलाई पोष्टमार्टम गर्न ,शवलाई नेपाल पठाउन लगायत आइपरेका समस्या समाधान गर्न अखिलभारत नेपाली एकता समाजले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली चेन्नईको मोगापेरमा अवस्थित पवजी रेष्टुरेन्टमा कार्यरत थिए। २४ जुन २०२५ का दिन राती १२ बजे सम्म रेष्टुरेन्टमा काम गरे पछि सबै जना खाना खाएर सुतेका थिए। तर हुकुम नेपाली बिहान नउठे पछि साथीहरूले हेर्दा मुखबाट खुन आएको र बेहोस अवस्था रहेको फेला पारेछन। त्यस पछि साथीहरूले पोलीस तथा एम्बुलेंस बोलाएर चेक जाँच गर्दा निजको मृत्यु भई सकेको घोषणा गरेका थिए। त्यस पछि मृतकका पिता सन्जयले अखिल भारत नेपाली एकता समाजलाइ घटनाको जानकारी गराउनुका साथै निजले छोराको शव नेपाल लान चाहेको र मालिकले पहिला पैसा दिन्छु भनेको थियो पछि दिन सक्दिन भनेर आनाकानी गरेको छ भन्ने विषय बताए पछि समाजका महासचिव महेन्द्र वस्यालले तुरुन्त मालिकसँग कुरा गरेर आर्थिक विषयमा सबै कुरा सहज हुने गरी मिलाउने काम भयो। त्यस पछि गोपालको सहयोगमा एम्बुलेंसको ब्यबस्था पश्चात पोलीस प्रशासनिक काम तथा किल्पाक मेडीकल हस्पिटलमा शव पोस्टमार्टम प्रकृया मिलाएर २६ जुन २०२५ का दिन छोराको शव लिएर सन्जय नेपाली नेपाल तर्फ प्रस्थान गरेका छन्। हुकुम नेपालीको मृत्यु हृदयाघात बाट भएको हुन सक्ने अनुमान गरिएको छ। सत्य तथ्य पोष्टमार्टम पछि नै पता लाग्ने छ। रोजी रोटीको समस्या समाधान गर्न चेन्नई आएका सयौं नेपाली मजदूरहरू एक वा अर्को प्रकारले ज्यान गुमाउन बाध्य छन्। यस संकटको समयमा अखिल भारत नेपाली एकता समाज निज हुकुम नेपालीको दुःखद निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित