चेटपेट एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

चेन्नई । अखिल भारत नेपाली एकता समाज पश्चिम नगर समिति अन्तर्गत चेटपेट एरिया समितिको प्रथम सम्मेलन ६ जुलाइ २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता प्रेम बहादुर गौतमले गर्नु भएको थियो। अतिथिको आशन ग्रहणपछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट धर्मराम बस्याल र संगित बाट रक्तिमले स्वागत गरेका थिए। प्रमुख अतिथि समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजालले दीप प्रज्ज्वलन गरेर सम्मेलनको उदघाटन गर्नु भएको थियो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा क्षेत्रीय सदस्य बिरू नेपाली, भिम थापा, दिपा केसी दिल कुमार नेपाली नगर सदस्य सिता थापा, प्रेम गोतामे र जीवन थापा रहनु भएको थियो। केन्द्रीय सदस्य तथा पश्चिम नगर अध्यक्ष राजु अधिकारीजीले सम्मेलनको प्रस्तावित प्यानल प्रस्तुत गर्नु भएको थियो। प्रेम बहादुर गौतमको अध्यक्षतामा ११ पूर्ण ३

वैकल्पिक र १४ जना सलाहकार गरी २८ सदस्यीय चेटपेट एरिया समितिको चयन गरेको छ। जस्मा उपाध्यक्ष कमल केसी, सचिव डम्मर बिक, सह सचिव धर्मराम बस्याल, कोषाध्यक्ष रन्जिना सुनार, सदस्यहरू बुद्ध थापा, अर्जुन नेपाली, लक्ष्मी बस्याल, गणेश बिक, पान्डव केसी, दुर्गा नेपाली बैकल्पिक सदस्य दिपक सुनार, मिना नेपाली, याम बहादुर परियार सलाहकार सदस्य माया परियार, कर्ण बहादुर बस्याल, यामुना नेपाली, पार्वती नेपाली, रेजिना नेपाली, कमल नेपाली, कुसुम नेपाली, राम वि.क, जयन्ती वि. क, थुमा नेपाली, रामु नेपाली, लंक नेपाली, कृष्ण विक र विष्णु बहादुर नेपाली रहनु भएको छ।
नव निर्वाचित अध्यक्षले समितिको तर्फबाट सफत ग्रहण गरेका थिए। नव निर्वाचित समितिलाइ बधाई दिनेहरूमा समाजका केन्द्रीय महासचिव महेन्द्र वस्याल, केन्द्रीय सदस्य माया रोका, सिता घिमिरे, भुवन सुवेदी, राम कुमार केसी र विद्यार्थी अध्यक्ष नर बहादुर विक रहनु भएको थिए भने कार्यक्रमको संचालन देवी रिजालजी ले गर्नु भएको थियो। कार्यक्रमको बीच बीचमा रक्तिम कलाकारहरूले वेजोड गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित