हैदरवादको जिल्ला कमिसनर पूर्व शाखाको पुलिस प्रशासन कार्यालय बाग अमरपेटले नेपाली संगठनहरु सित छलफल ग¥यो

हैदरवाद, भारत ।  हैदरवादको जिल्ला कमिसनर पूर्व शाखाको पुलिस प्रशासन कार्यालय बाग अमरपेटले नेपाली संगठनहरु सित २०२५ जुलाई १४ तारिखका दिन छलफल गरेको समाचार प्राप्त भएको छ । जिल्ला कमिसनर पूर्व शाखाको पुलिस प्रशासन कार्यालय बाग अमरपेटले हैदरावादमा रहेका विभिन्न नेपाली सँगठनहरुलाई बोलाएको थियो । प्रशासनको आमन्त्रणलाई स्वीकार गर्दै अखिल भारत नेपाली एकता समाजको एक प्रतिनिधि मण्डल उपस्थित भएको थियो । जसमा खगेश्वर शर्मा,कृष्ण केसी,कृष्ण पौडेल, मनोहर पौडेल, रामु शर्मा,पदम कार्की र गोविन्द केसीको उपस्थिति रहेको थियो।
विगत लामो समयदेखि हैदरावादका विभिन्न ठाउँमा मालिक नभएको मौका पारी आफूले नै काम गर्ने कम्पनी,पसल र घरहरुमा चोरी गरी फरार हुने गरेका घटनाहरूले यहाँ बस्ने करिव ६० हजार नेपाली कामदार र यहाँ संचालित सामाजिक संंगठनहरुलाई बढी निगरानी गर्ने र नेपालीहरुलाई विभिन्न बाहनामा विस्थापित गर्ने जटिल अवस्था सिर्जना नहोला भन्ने आधार छैन । हालसालै हैदरावादको काचीगुडामा उही आफुले काम गर्ने मालिकको घरबाट एक दम्पतीले नगद र जिन्सी गरि करिव पाँच करोड हाराहारी सामान चोरी गरेर फरार भएपछि प्रशासनले अनुसन्धान र सिआइडीको रुपमा रोल खेलेको हुनसक्छ । सबै सामाजिक सँगठनहरु विशेष सचेतना सहित प्रस्तुत हुन अखिल भारत नेपाली एकता समाजले हार्दिक अनुरोध गरेको छ । सामाजिक सँगठनका व्यक्तिहरु उत्तेजनामा आएर ६० हजार नेपाली कामदारहरुलाई आघात पुग्ने काम गर्नु हुँदैन भन्ने ठहर अखिल भारत नेपाली एकता समाजले गरेको छ । अपराध गर्नेहरुलाई कानुनी प्रक्रिया पूरा गरी उचित कार्वाही हुनुपर्छ यसमा सँगठनको समर्थन रहने गरेको छ तर अनाहकमा कुनै एकजना चोरी गरेर फरार हुन्छ अरु निर्दोष नेपालीहरुलाई प्रताडित गर्ने र यातना दिने काम कानुन भित्र नपर्ने भएकोले प्रशासनको यो रवैया प्रति अखिल भारत नेपाली एकता समाज घोर भर्त्सना र खेद प्रकट गर्दछ – एकता समाजले स्पष्ट गरेको छ।
एकता समाजले भनेको छ – “अखिल भारत नेपाली एकता समाज भारत स्थित श्रमजीवी नेपालीहरुको अविभावकीय संगठन हो । यसको स्थापना १९७९ नोभेम्बर ७ तारिकका दिन भएको हो । यस सँगठन ले ४५ बसन्त पार गरिसकेको छ । यो समय अवधि भित्र हजारौं नेपालीहरुलाई गलत द्रुवेशनमा नलाग्न चोरी डकैती प्राणघातकजन्य क्रियाकलाप नगर्न र नगराउन आफूले नै मेहनत गरेको मेहनतको फल अधिकार सहित लिन सक्षम बनाउने किसिमका प्रशिक्षण दिँदै आएको कुरा सर्वविदितै छ तर आज यो अवस्था सिर्जना हुनुको पछाडिको कारण असंगठित हुने सँगठन देखि टाढा रहने दुर्वेशण र कुलहतमा फस्ने आवस्यकता भन्दा बढी खर्च गर्ने अशिक्षित र असंगठित व्यक्ति वा गिरोह द्वारा नै यस्ता अवान्छनिय घटनाहरू दोहोरिन सक्ने हाम्रो ठहर छ। प्रशासन को आधिकारिक रिकाडमा नेपालका दुई जिल्लाका नेपालीहरुद्वारा बारम्बार यस्ता किसिमका घटना घटाइएको प्रशासनको रेकाडमा दर्ज भएको जानाकारी हामीलाई गराएको छ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित