पान्डिचेरी । अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत आरोभिल एरिया समितिको २१औं एरिया सम्मेलन आगामी मिति १०÷०८÷२०२५का दिन भव्यरुपमा सफल पार्ने निर्णयका साथ मिति २७÷०७÷२०२५ माभेला सम्पन्न भएको छ । भेलाको अध्यक्ष वीरबा चौधरीले गर्नु भएको थियोे भने संचालन राकेश चौधरीले गर्नु भएको थियोे । कार्यक्रममा समसामयिक विषयमा छलफल गरिएको थियोे भने आगामी एरिया सम्मेलन शानदार रुपम सफल पार्न सबै आरोभिलवासी नेपालीहरुको एकता आजको आवश्यकता भनेर सबै नेपालीहरु एकताका हातहरु मिलाएर अघि बढ्नुपर्ने बारे नगर अध्यक्षले प्रष्टपार्नु भएको थियोे । नगर सदस्य हरिकला थापा , बाटुली थारु ,गिता शेर्पाली,नन्दलाल शेर्पाली , लालमनि परियार , रतन चौधरी , अनिल थारु,अरुणा थारु,लालबहादुर थारु , चन्द्रकला थारु ,लक्ष्मन थारु,रुपन चौधरी ,बिन्दु परियार , प्रकाश चौधरी , रामपति चौधरी ले सम्मेलन मा सबैलाई सहभागी गराउने मा सबैको पहल नितान्त आवश्यकता रहेको भनाइ राख्नु भएको थियोे ।
२१ औं आरोभिल एरिया सम्मेलनमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्यालको प्रमुखता सहित केन्द्रीय , क्षेत्रीय ,नगर समितिका सदस्यहरुको सहभागी रहेने साथै रक्तिमका कलाकारहरुको पनि सहभागी रहने जानकारी गरिएको छ। कार्यक्रम काली मन्दिरमा मिति१०÷०८÷२०२५ का दिन दिनको ११ बजेबाट शुरु हुनेछ ।

