काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा
कात्तिक १९ गते बसेको परिषदको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्याय गरेको हो ।
बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्नेलगायत निर्णय गरेको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गर्नु भएको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।

Comments

