कपिलवस्तु । साम्राज्यवाद , प्रतिगमन र यथास्थितिवादको विरोध गर्दै ,भ्रष्टाचारको भन्डाफोर गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने मुल नाराकासाथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तु जिल्ला समितिको आयोजनामा कोणसभा तथा प्रचा वितरण कार्यक्रम शुरु भएको छ । मंसिर ५ गतेसम्म चल्ने कार्यक्रमको शुरुवात बाँणगंगाको घेरुवा बनगाई भएको हो । घेरुवा बनगाईमा सम्पन्न कोणसभामा वक्ताहरुले सुशीला कार्की नेतृत्वको सरकारको निरन्तरता र निर्वाचन पश्चात् बन्ने सरकारले समेत जनताका समस्या समाधान गर्न नसक्नेहुँदा अबको अग्रगामी राजनीतिक निकास ‘ राष्ट्रिय स्वाधीन सरकार ’को विकल्प नभएको बताएका थिए । कार्यक्रममा पार्टीका युवा नेता दिपक पौडेल र पार्टी जिल्ला सचिव हिमलाल वाग्लेले बोलेका थिए ।

