वंशीघाटमा क्रान्तिकारी सुकुमबासी संघ नेपाल इकाइ समिति गठन

काठमाण्डौ । काठमाण्डौको वंशीघाटमा २०८२ कार्तिक ३० गते क्रान्तिकारी सुकुम्वासी संघ नेपाल इकाइ समिति गठन भएको छ । नेपालको ९ नं व्यूरो अन्तरगत काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगर वडा नं ११ को वंशीघाट सुकुम्वासी वस्तीमा क्रान्तिकारी सुकुम्वासी संघका नेता मंगल तामाङको अध्यक्षता ,संघका केन्द्रीय संयोजक भीम चापागाइँको प्रमुख आथित्यतामा भेला सम्पन्न छ । भेलाले १ सदस्य पछि थप गेर्न गरी ११ सदस्सीय इकाइ समिति गठन भएको छ । जसमा अध्यक्ष लगुमाया गोले सचिव नवराज भूजेल सदस्यहरुमा सीता पौडेल,छत्रमाया थापा, विष्णु गजेमेर, नुमी श्रेष्ठ , रामशरण नेपाली, ललित लिम्बु , राजकुमार श्रेष्ठ, दीपक शेर्पा रहनु भएको छ । भेलालाई संघका संयोजक भीम चापागाइले यस वंशीघाट वस्ती लगायत देशै भरिका भूमिहीन सुकुम्वासी दलितहरुको रक्षाको लागि क्रान्तिकारी सुकुम्बासी संघ नेपालले संघर्ष गरिरहेको छ भन्नु हुँदै काठमाण्डौ उपत्यका भरी सुकुमबासी समस्या विषयमा यहाँ स्थानीय तह संघ सँथा सँग छलफल गर्दै आम भूमीहीन सुकुम्वासी समस्या जहिले सम्म राज्यले हल गर्दैन तबसम्म हामी वीरतापूर्ण रुपमा संघर्ष गर्नेछौं । यो राज्यले क्रान्तिकारी भूमीहीन सुधार गरेर मात्र छलफल गर्न सक्छ । त्यसै संसदीय व्यवस्था आम भूमीहीन सुकुम्बासी  सुकुम्बासी समस्याको हल  ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिएको जनवाद वैज्ञानिक समाजवादी कार्यनीति मात्र  गर्ने धारणा राख्नु भयो । भेलालाई रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नरायण शर्माले हामी दीनदुःखी र सर्वहारा वर्गको ,आम सुकुम्वासी लगायत सम्पूर्ण वर्गको मुक्तिका गीत गाउँछौं यस भेलामा पनि आफ्नै वर्गको बीचमा आउँदा खुशी लागेको बताउनु भयो । अन्तमा भेलाका अभ्यक्षले भेलाको समापन गर्नु भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित