नेपाली कम्युनिष्ट पार्टीको समाजवाद अन्तमा विर्सजनवाद ?

नारायण प्रसाद भण्डारी
नेपालमा भएको जेनजी विद्रोह पछि नयाँ दल दर्ता गर्ने सख्या तीब्र गतिले बढदै छन र जेनजी विद्रोहका अभिभावक एवम् जेनजी छनौेट बाट विस्वास प्राप्त सरकारका सत्ताधारी मन्त्रीमण्डल भित्रका हरुले पनि नयाँ दल दर्ता गरे ।अर्को तर्फ जेनजी समूहले पनि दल दर्ता गरे । यी कृयाकलाप हेर्दा यदि निर्वाचन हुने नै भयो भने जेनजी विद्रोहको बलमा बनेको र जेनजी छनौटका विश्वास पात्र सरकारका मान्छेहरुको पार्टी एबं जेनजीको पार्टी विचको प्रतिस्पर्धाले यी दुबै थरि अलग अलग विरासत खोज्दै जादाँ संसदमा बहुमत कसको होला र जेनजी विद्रोहले खरानी भएको देशलाइ कस्तो खाले परिबर्तन देला ?नेपाली जनताले यस्ता नाटकको समिक्षा गर्नु अत्यन्त जरुरी छ अझ बुझनै पर्ने महत्व पूर्ण विषय अहिले बनेको सरकारका नेतृत्व लगाएतको मन्त्रीपरिषद लाइ आम जनतामा छरिएको भ्रम स्वतन्त्र नागरिक समाज भित्रका पवित्र मान्छेहरु हुन भन्ने पारियो अहिले यो सरकारका मान्छेले प्रमाणित गर्नसके ?यिनी स्वतन्त्र नागरिक हुन ?विगतको विद्रोह हुनमा एउटा मूख्य कारण दलहरुले मिलेर भ्रष्टाचार गरे ।आ आफना पालामा कर्मचारीको नाममा आफना कार्यकर्ता झोलेहरु लाइ नियुक्त गरेर अनाबश्यक खर्चको कारण देश अत्याधिक ऋण भारमा पारे देशको अर्थतन्त्र पनि रित्ताए यिनीहरु भ्रष्टाचारी हुन भनेर सत्ताच्युत गर्न परेको भनियो । राष्ट्रको शंरक्षण नयाँ पुस्ताले लिनु पर्छ ।अन्यथा देश रहने छैन भन्ने मान्यतामा गरिएको विद्रोह भनीन्थ्यो ।आमको बुझाइ पनि त्यही थियो ।नेपाली जनताले पनि जेनजी हरुबाट ठूलो आशा अपेक्षा राखेका थिए तर जेनजीका विस्वास पात्र सरकारका मन्त्रीले र स्वयं जेनजी समूहले पनि एकाएक दल खडा गरेर दर्ता गर्नको प्रमुख लक्ष्य २०८२ फागुण २१को संसदीय व्यवस्थाको चुनावमा उमेदवार हरु उठने उठाउने जितने आफनो पार्टीको संसदमा दुइतिहाइ बहुमत प्राप्त गरेर सबभन्दा ठूलो पार्र्टी बनाउँने र सरकार पनि आफनै बहुमतको बनाएर अल्पमत माथि रजाँइ गर्ने अवसरको खोजीमा भौतारिए जस्तो देखिन्छ ।अहिले देशको अबस्था र्ददनाक छ समाज मा त्रास छ ।कति बेला के हुने ?ठेगान छैन विद्रोहको समयमा लुटिएका हतियार फरार कैदी बन्दिको अवस्था के छ ?कुन अवस्थामा छन ?हतियार कहाँ छन ?यी दुबै चिज नेपालमा छन ?या विदेशिए ?या अन्य कुनै तयारीमा जुटदैछन ?थोरै सुइको सम्म राज्य शुरक्षा निकाय बेखबर छ । यस्तै चुनौतिको अबस्थामा चुनाव को तैयारी भन्दै सरकार लागि परेको छ । अर्को तर्फ एक थरी खर्च पानी जुटाएर तैयारीमा बस भन्ने आह्वान गर्दै आन्दोलनको घोषणा गर्ने र अहिले सम्म नेपाल प्रति सकारात्मक नभएका (र) पश्चिमा साम्राज्यवादीहरु सँग भेटघाट बाक्लो गराउँदै हिडेको देखिन्छ ।अराजकताको कारण थलिएको राष्ट्र माथि पटक पटक यस्तै कृयाकलाप भैरहने हो भने अब देशको अबस्था के हुने ?यसको जिम्मेवारी को र के का लागि गर्ने ? ऐतिहासिक विद्रोह त जेनजी ले गरे खै त उपलब्धि ?त्यसकारण नेपालमा अहिलेकै अबस्थामा जल्ले आन्दोलन विद्रोह गरे पनि सिद्धान्त लक्ष्य उद्धेश्य दर्शन राजनैतिक वैचारीक विनाका अबसरवादी हरुको साम्राज्यवाद लाइ खुसी पार्ने आन्दोलनको कुनै अर्थ छैन किनभने विदेशी प्रभुको इशारामा गर्ने आन्दोलन उनीहरुले आफै निमार्ण गरिदिएको संविधान भित्र गरिने विद्रोह ले देश समाप्त पार्ने अन्तमा साम्रायवादीको पोल्टामा देश सुम्पने बाहेक अरु केहि हुदैन ।आन्दोनले अति गरे नेपाली आमाका सन्तान मोराउँने शहिद घोषणा गराउँने राज्यको ढुकुटि बाट राहत स्वरुप भनेर रगतको मूल्य अबमूल्यन गर्ने ।त्यो भन्दा बढि केहि हुनेवाला छैन ।

अहिले देशमा राजनीति पार्टी हरु भित्र एकखाले रुवाबासी हल्ली खल्ली को हावा हुरीले तहस नहस बनाइदिएको अबस्था छ ।नयाँ पार्टी हरु खोल्ने भएका पुराना पार्टीहरु भत्काउँने एक प्रकारको भ्रमिक नाटक हँुदै छ ।त्यसको मूख्य उद्धेश्य भनेको कसैले पुराना पार्टी हरु भनेर विगतमा गरेका काला कर्तुत खोतल्यो भने हामीले जनताको लागि ठूलो बलिदानीका साथ धेरै पवित्र पार्टीहरु मिलेर बृहत नयाँ पार्टी लिएर जनता सामु आएका छौ ।भन्ने अभिब्यक्ति दिएर जनतामा मुख देखाउन नबन्ने कर्तुत अनुहार पोतेर नयाँ बनाएर आउने दाउँमा र फेरीपनि नेतृत्व आफु वाहेक अरु हुन नदिने षडयन्त्रमा बल्छि थापि रहेका छन ।अहिले सम्म ११,१२वटा साना ठूला माछा ढडियामा परेका छन ।केही माछा उम्केर बाहिर फडके केहि भित्र पसे ।अब पनि जनताले उस्तै मासु रक्सिमा विकेर देशमा भ्रष्टाचार गर भनेर बैधानीक लाइसेन्स हताइदिने हो भने भन्नु केहि छैन ।होइन भने नेपालमा १० बर्षे जनयुद्धमा होमिने माहान सहिद परिवार जन ,बेपत्ता योद्धाका परिवार जन ,घाइते अपागं ,अगं भगं का पिडा अहिले सम्म बेडमा तडपेर काल पर्खिरहेका छन युद्धको कारण थला परेको सामाजिक जन जीवन देश अस्त ब्यस्त बाट माथि उठनु त परै जावस उल्टो भैष्टा्रचार कुशासनले देश झनै थिलो थिलो बन्यो बनाइयो । त्यतिबेला सुनौलो सपना बोकेर युद्धमा होमिएका पिडित हरुको आज ओत लाग्ने गोठ टहरा सबै भत्काएर उजाड मरुभूमि बनाएर विचमै अलपत्र पारेर घर न घाँटको बनाउने घातकी संग ती इमान्दार राष्ट्रसेबक योद्धा हरुले प्रश्न सोध्ने कि नसोध्ने ?आफनो रगत पसिना मेहनतको खोजीगर्ने की नगर्ने ?
माओवादी सुप्रीम कमाणडर सगं जनताले उठाउँनै पर्ने प्रश्नहरु ।
१) नेपाली जनताले रगत संग साटेको माओवाद खोइ ?
२)नेपाली जनता लाइ के भनेर युद्धमा होमाइएको थियो ?क्रान्तिविना देशमा परिवर्तन संभब छैन भन्दै क्रान्तिमै जीवन देख्नेहरुको बलिदानी विपरितको विचार,शिद्धान्त,दर्शन त्यागेर एकतामा जानुको कारण के थियो ?देश र जनतालाइ जवाफ खोइ ?
३)अहिले सम्म पटक पटक सरकारको नेतृत्वमा गएको पार्टीले देश जनताको लागि के के गरयो र विगत युद्धमा रगत बगाउँदै गरेका माहान शहिद घाइते अपागं बेपत्ता जनका परिवार हरु संग गरेका प्रतिबद्धता कुन कुन शिर्सकमा पुरा गरेर माओवाद छोडियो ?
४)नेपालमा हाल सम्म जनवादी क्रान्ति नै पुरा भएको छैन भने अहिलेको माओवादको नाम सम्म सुन्न नचाहने संगको एकताले कस्तो खाले क्रान्तिकारी वैज्ञानिक सममाजवाद आउँछ ?त्यसका आधारहरु के के हुन ?
५) संर्घष विना समाजवादी मोर्चा बनाएर समाजवाद आएका देशहरु कुन कुन हुन
६)युद्ध कालमा पश्चिमा संस्कृतिको विरुद्धमा महिलाहरुका गर गहना फुकालेर पार्टीमा बुझाउँन दबाब दिएर कुम्लाइएका अमूल्य धातु जन्य जनताको संपत्ति फिर्ता गरियो कि ?कहाँ छन ? छन भने जनताले कहिले पाउँछन ?
७) क,माओले जनता बाट सियो सम्म नलिनु जनतालाइ सधै उच्च स्थानमा राखेर योजना निमार्ण गर्नु ।क्रान्तिको समयमा जनताबाट ल्याइएको कुनै पनि बस्तु मिसन पुरा भएपछि जसको तस फिर्ता गर्नु भन्ने कुरा कहाँ सम्म पुग्यो ?
८) जेनजी आन्दोलनमा जलेका पैसा कहाँ बाट कुन श्रोतबाट आएका हुन र्सबहारा बर्गको नेताका घरमा अपूत संपत्ति थुप्राउने जनता भोक भोकै मर्ने युवा पलायन हुनमा बाध्य बनाएर आफु र आफना हरु मोज मस्तिको जीवन शैली विताउने ले कम्युनिष्ट भन्न मिल्छ कि मिल्दैन ?मिल्छ भने जनता सामु स्पस्ट जवाफ नदिएर विर्सजनवादी बाटो अगाल्न पाइन्छ कि पाइदैन ?अहिलेको माओवाद त्यागेर गरिएको एकताबाट १७ हजार सहिदका सपना पुरा हुन्छन ?
९)विगतमा बनाइएका जनकम्युन र त्यसमा पार्टीकरण गरिएका जनताले आफनो भएभरको सम्पत्ति सबै बुझाए अहिले जनताले फिर्ता पाए की पाएनन ?
१०)युद्धकालको समयमा पार्टीद्धारा बनाइका संरचना जनसरकार छायाँ सरकार ले गरेका निर्णय सबै भत्केर गए ।पुनह नयाँ नयाँ बन्दै गए अब ती जनताका समस्या व्यवस्थापनको जिम्मा कसले लिने ?जनतालाइ जवाफ सहितको न्याय कसले दिने
११)कम्युनिष्ट पार्टीको झणडा र्सबहारा वर्गको मूल्यमान्यता बोकेको प्रतिक साम्राज्यवादको उदगम थलो अमेरिकाको सिकागो शहरबाट शहिदहरुले बगाएको रगत त्यही रगतमा मुछिएकालाई मजदुरहरुले झण्डा निमार्ण गरी मान्यता दिएर संसारका मजदुर एक हौं भन्ने नारा घनकाउदै झणडा मुनि गोलबन्द हुदै कैयन सामन्तहरु लाई घुडा टेक्न बाध्य बनाएको । त्यो माहान झणडाको स्थानमा तारा चिन्हले कसरी मान्यता प्राप्त गरयो ।विगतमा त्यही झणडा बचाउँन हजारौको बलिदानी भएकोे इतिहास नामेट पार्दा आज त्यो बर्गलाइ सैह्य हुन सक्छ ?
निचोडमा अहिले जुन प्रकारको बृहत एकताको ढवागं फुकिएको छ । यो सबै जनता लाइ पुनह भ्रमित पार्ने पूनह लुटको प्रपन्च मिलाउने पुराना कर्तुत पखाल्ने नेपाली कम्युनिष्टको खोल अ‍ोढेर समाजवादको नौटकिं नाटकले के देखाउँछ भने कालपनिक समाजवादको बाटो हँुदै अन्तमा विर्सजनवाद बाहेक अरु केहि हुन सक्दैन ।

सबैमा चेतना भया धन्यवाद ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित