भाकपा(माओवादी)का क.हिद्मा सहितका कमरेडको हत्याको विरोध ,मोदी सरकारको चरम फासीवादीकदमको तीव्र निन्दा तथा भत्र्सना

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भाकपा(माओवादी)का क.हिद्मा सहितका कमरेडहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको छ साथै मोदी सरकारको चरम फासीवादी कदमको तीव्र निन्दा तथा भत्र्सना गरेको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरवले २०८२ मंसीर ४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो कुराको विरोध गर्नुभएको हो । मोदी सरकारले भाकपा(माओवादी) का केन्द्रीय समिति सदस्य तथा जनमुक्ति छापामार सेनाका कमाण्डर सन्तोष मादवी हिद्मा उहाँकी श्रीमती क.राजे र अन्य ४ जना कमरेडहरुको २०२५ नोभेम्वर २०२५ तदनुसार २०८२ मंसिर २ गते कायरतापूर्ण हत्या गरेको छ । मोदी सरकारले गरेको हत्याले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई आक्रोशित बनाएको बताइएको छ । वहाँहरुको हत्याको यस दुःखद घडीमा भाकपा (माओवदी)को केन्द्रीय समिति लगायत सम्पूर्ण पार्टी सदस्यहरु जनमुक्ति छापामार सेना,भारतीय सर्ववर्ग तथा आम क्रान्तिकारी जनता र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ “
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय समिति सदस्य तथा जनमुक्ति छापामार सेनाका कमाण्डर क. सन्तोश “माद्वी हिद्मा”, उहाँकी श्रीमति क. राजे र अन्य ४ जना कमरेडहरुको आन्ध्र प्रदेशको सितारामराजु जिल्लामा गत १८ नोभेम्बर २०२५ तदनुसार २०८२ मंसिर २ गते भारतीय सरकारद्वारा गिरफ्तारी पछि गरिएको कायरतापूर्ण हत्याले हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । हाम्रो पार्टी मोदी सरकारको यो चरम फासीवादी कदमको तीव्र निन्दा तथा भत्र्सना गर्दछ । हामी यस हत्याकाण्डमा सहादत प्राप्त गर्ने क. हिद्मा लगायत सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सर्वहारा अन्तर्राष्ट्रियतावादी लालसलाम अर्पण गर्दछौं । यो दुःखद घडिमा हामी भाकपा (माओवादी) को केन्द्रीय समिति लगायत सम्पूर्ण पार्टी सदस्यहरु, जनमुक्ति छापामार सेना, भारतीय सर्वहारा वर्ग तथा आम क्रान्तिकारी जनता र शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित