बुटवल । साम्राज्यवाद , प्रतिगमन , तथा यथास्थितिको विरोध गरौं !स्वाधीन संयुक्त सरकार गठन गरौं !भन्ने मुल नाराकासाथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर ब्यूरोले बुटवलमा जनसभा सम्पन्न गरेको छ । जनसभा कार्यक्रममा प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलले सबै जनताको समस्या जनवादहुँदै समाजवादी ब्यवस्थाले मात्रै गर्ने बताउदै अहिलेको अवस्थामा स्वाधीन संयुक्त सरकार बनाउन आवश्यक रहेको जिकिर गर्नुभयो । अहिले अमेरिकी साम्राज्यवाद नेपालमा हावी भएको र सुशील कार्की नेतृत्वको सरकार उसैका एजेन्टको रहेको बताउनु भयो । पौडेलले जेनजीलाई सचेत रहन अनुरोध गर्दै , देशभक्त जेनजी , क्रान्तिकारी शक्ति , बामपंथी शक्ति सबै मिलेर स्वाधीन सरकार निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिए । उनले निर्वाचन अनिश्चित रहेको र निर्वाचन भएपनि त्यसले जनताका तमाम समस्या समाधान गर्न नसक्ने आरोप लगाए । ५ नम्बर ब्यूरो सचिव जितामित्र सुनारको अध्यक्षतामा सम्पन्न सभामा वैकल्पिक पोलिटव्यूरो सदस्य कृष्ण केसी , दिपक पौडेल , पार्टीका केन्द्रीय सदस्य तथा क्रान्तिकारी किसान महासंघका प्रतिनिधि क्षेत्र बहादुर थापा , वामपंथी नेता प्रेम सुवेदी , क्रान्तिकारी महिला संगठन केन्द्रीय सचिवालय सदस्य लक्ष्मी न्यौपाने लगायतले आफ्नो धारणा राख्दै अबको अग्रगामी राजनीतिक निकास स्वाधीन संयुक्त सरकारको विकल्प नरहेको बतएका थिए । ५ नम्बर ब्यूरो सदस्य रवि पान्डेको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेलले गरेका थिए ।



