एघार नं व्यूरोमा भण्डाफोर कार्यक्रम सम्पन्न

चितवन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ११ नं व्यूरोले भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ । चितवनको मालपोत कार्यालय चोकबाट नारा जुलुश सहित अगाडि बढेको¥याली सभामा परिणत भएको थियो । सभााको संचालन ११ नंव्यूरो सेक्रेटरी अनुकूलले गर्नुभएको थियो । सभामा वक्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम अटल , क्रान्तिकारी महिला संगठन नेपाकीसंयोजक अम्विका मुढवरीलगायत हुनुहुन्थ्यो । वक्ताहरुले देशको समसामयिक विषयमा पार्टीले लिएको नीति स्वाधिन संयुक्त सरकारको विषयमा मन्तव्य राख्नु भएको थियो । अहिलेको सरकार कसैले बनाइदिएको सरकार भएकोले यो सरकारले स्वतन्त्र ढंगले देशको हितमा काम गर्न नसक्ने भएकोले आफ्नो पार्टीले स्वाधिन संयुक्त सरकारको माग अघि सारेको धारणा राख्दै स्वाधिन संयुक्त सरकारले मात्रै देशतथा जनताको पक्षमा काम गर्न सक्ने विचार व्यक्त गर्नु भयो ।कार्यक्रममा प्रकाशखनालले जेनजी आन्दोलन बारे कवितावाचन गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित