काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवाद, विस्तारवाद, प्रतिगमन, यथास्थितवाद र भ्रष्टाचारका विरुद्ध तथा स्वाधीन संयुक्त सरकार गठनका लागि दबाब सिर्जना गर्न देशव्यापी रुपमा जनसभाहरु सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवाद, विस्तारवाद, प्रतिगमन, यथास्थितिवाद र भ्रष्टाचारको विरोधमा २०८२ कार्तिक २३ गतेदेखि संघर्षका विभिन्न कार्यक्रमहरु अघि बढाइरहेको छ । सोही संघर्षका सिलसिलामा २०८२ मंसिर ७ गते देशका प्रमुख शहरहरुमा जनसभाहरु सम्पन्न गरिएको हो ।
देशव्यापी रुपमा आयोजित ती सभाहरुलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरु वर्तमान सरकार रहेसम्म देशमा राष्ट्रघात र जनघातका श्रृंखलाहरु झनै तीव्र गतिमा अघि बढ्नेदेखि गरे । साम्राज्यवाद र तिनका दलालहरुबाट मुक्त नहुँदासम्म देशले अस्थिरता, राष्ट्रिय संकट र अराजकताबाट मुक्ति पाउन नसक्ने उनीहरुको तर्क थियो ।
शुशिला कार्की नेतृत्वको वर्तमान सरकारलाई साम्राज्यवाद तथा विस्तारवादको ‘कठपुतली सरकार’ को संज्ञा दिंदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले यो सरकारको विघटनका लागि संघर्षको मैदानमा होमिन जनतालाई आह्वान गरे । देशमा विद्यमान संकट समाधानका लागि साम्राज्यवाद र विस्तारवादविरोधी सबै राजनैेतिक दल, संगठन, समूह तथा व्यक्ति व्यक्तित्वहरुको राष्ट्रिय राजनैतिक सम्मेलन गरिनुपर्ने र त्यही सम्मेलनबाट वर्तमान सरकारको विघटन गरी स्वाधीन संयुक्त सरकार गठन गरिनु पर्ने स्पष्ट मार्गचित्र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले ती जनसभाहरुमा प्रस्तुत गरेका थिए ।
काठमाडौं ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ न.ब्युरोको आयोजनामा २०८२ मंसिर ७ गते काठमाडौंको असनमा जनसभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई पार्टीका महासचिव सिपि गजुरेलले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा गौरवले जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकार कठपुतली सरकार भएको भन्दै यो सरकारले जनताका समस्याहरु समाधान गर्न नसक्ने दावी गर्नु भयो । “भाद्र २३ मा जेनजी पुस्ताको आह्वानमा जुन आन्दोलनको सुरुवात गरियो त्यसलाई हामीले विद्रोह भनेका छौं । तर त्यो आन्दोलन अर्कौ दिन नै हाइज्याक भयो ।” सम्बोधनका क्रममा महासचिव गौरवले भन्नुभयो–“हाइज्याक को बाट भयो भने साम्राज्यवादी, विस्तारवादीहरुका एजेण्टहरुबाट । सिंहदरबार जलाउने, सर्वोच्च अदालत जलाएर त्यो विध्वंश मच्चाउने काम असली जेनजीले गरेकै होइनन् ।” उहाँले जेनजी पुस्तालाई सही विचार र नेतृत्वलाई चिन्न पनि सुझाव दिनुभयो । जेनजीले उठाएका मुद्दाहरु सही हुँदाहुँदै पनि उनीहरुसँग सही विचार र नेतृत्व हुन नसक्दा उनीहरुको आन्दोलनलाई साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले हाइज्याक गरेको उहाँले स्पष्ट पार्नुभयो । “देशको स्वाधीनता र सार्वभौमिकता अहिले गम्भीर संक्टमा छ ।” सम्बोधनका क्रममा महासचिव गौरवले भन्नुभयो–“देशको संकट समाधानका लागि हामीले प्रष्ट मार्गचित्र अघि सारेका छौं । राष्ट्रिय स्वाधीनताका पक्षधर सबै दल संगठन, व्यक्ति व्यक्तित्वहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने । त्यही सम्मेलनबाट वर्तमान सरकार विघटन गरी स्वाधीन संयुक्त सरकार गठन गर्ने अहिलेको देशको राजनैतिक संकट त्यसरी मात्र हल हुन सक्नेछ ।”
जनसभालाई पार्टीका पिविएम दिनेश शर्मा, (सागर), पवनमान श्रेष्ठ (प्रभाकर),सिसिएम फणीन्द्र कार्की मजदुर नेतृ कमला चन्दको सम्बोधन रहेको थियो । सम्बोधनको क्रममा नेताहरुले वर्तमान देशको राजनीतिक अवस्था संकटपूर्ण रहेको यसको निकासको लागि स्वाधिन संयुक्त सरकार बन्नु पर्ने धारणा राख्नु भएको थियो ।
जनसभाको अध्यक्षता पार्टीका पि बि एम एवं ९ न ब्यूरो सचिव चिन्तामणि पौडेलले र संचालन पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौ जिल्ला सचिव केदार खतिवडाले गर्नुभएको थियो । जनसभामा स्वागत मन्तव्य पार्टी केन्द्रिय सदस्य बन्धुदेब पाण्डले राख्नु भएको थियो । ज्ञानअज्ञात शहिदप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गर्दै अघि बढाइएको सो जनसभामा पार्टीका सल्लाहकार समितिका सह संयोजक कमल चौधरी समेतको आतिथ्यता रहेको थियो ।
पोखराः
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २०८२ मंसिर ७ गते देशैभर ‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !भन्ने माग राखि देशभरका मुख्य १६ वटा सहर महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवाल, बाग्लुङ्गबजार, पोखरा,भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगन्जहरुमा एकैपटक जनसभा कार्यक्रम गर्ने क्रममा ७ मंसिर २०८२ का दिन कास्कीको पोखरास्थित लखन चोक (पृथ्वी चोक) मा पनि जनसभा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमको प्रमुख वक्ता पार्टी केन्द्रिय समितिका स्थायी समिति सदस्य रामसिं श्रीस हुनुहुन्थ्यो । उहाँले सम्बोधनको क्रममा नेता श्रीसले ‘लामो समयदेखि देशले भोग्दै आएको भ्रष्टाचार, कुशासन, ठगी, महङ्गी, कालोबजारी, मानव तस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा, हत्या आदि जस्ता अत्यन्त जनघाती तथा राष्ट्रघाती कार्यका विरुद्ध आम जनताले आवाज उठाइरहेका बेला जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक संजालमाथिको प्रतिबन्धको विषय उठाई भाद्र २३ गते शान्तिपूर्ण विद्रोहको थालनी गरेकोमा उक्त न्यायपूर्ण विद्रोहलाई दबाउन तत्कालिन सरकार पाशविक तथा फासिवादी दमनमा उत्रिएको बताउनुभयो । उहाँले सम्बोधनका क्रममा अमेरिकी साम्राज्यवादद्वारा संचालित आइएनजीओका नाइकेहरुले वास्तविक देशभक्त जेनजीलाई पछाडि धकेलेर कथित जेनजीको नाममा गराइएको विध्वंशका कारण देशले भाद्र २४ गतेको दुःखद परिणाम भोग्नु परेको स्पष्ट पार्नु भयो ।
साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति(व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास रहेको बताउनुभयो ।
सम्बोधनका सिलसिलामा नेता श्रीसले आफ्नो पार्टीले देशव्यापी रुपमा संचालन गरिरहेका र यसलाई विविध प्रकारले सहयोग गर्नसम्पूर्ण देशभक्त वामपन्थी तथा जनवादी शक्तिहरु तथा मजदुर, किसान, व्यापारी, युवा, विद्यार्थी लगायत सबै तह र तप्काका जनतालाई हार्दिक आह्वान समेत गर्नुभयो ।
पार्टीका अर्का वक्ता पार्टी केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी किसान महासंघका सचिवालय सदस्य बाबुराम सुबेदी हुनुहुन्थ्यो कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज आकाश गौतमले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता ७ नम्बर क्षेत्रीय ब्युरो सचिव नारायण अधिकारीले गर्नु भएको थियो ।
नेपालगन्जः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादको विरोध गरौँ, स्वाधीन संयुक्त सरकारको गठन गरौँ’ भन्ने मुख्य नारासहित आइतवार नेपालगन्जमा भण्डाफोर सभा आयोजना गरेको छ ।
पार्टीका पीबीएम तथा भेरी–कर्णाली क्षेत्रीय ब्युरो सचिव दीपक शाहीको अध्यक्षतामा भएको सभामा स्थायी समिति सदस्य सन्तबहादुर नेपाली प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा पीबीएम शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरु कमलराज रोकाया, गुणानिधि आचार्य, नारायण न्यौपाने, कमला खड्का, रत्न वली, प्रेम थापा लगायत नेताहरूको उपस्थिति थियो ।
सभामा बोल्ने वक्ताहरूले साम्राज्यवाद, विस्तारवादी हस्तक्षेप, दलाल संसदीय अभ्यास र वर्तमान सरकारका गतिविधिले जनतामाथि अन्याय र शोषण बढेको आरोप लगाउँदै मंसिर १५ सम्म व्यापक प्रचार–प्रसार र त्यसपछि जनसंघर्ष अभियान अघि बढाइने बताए । यसरी देशका २३ वटा स्थानमा भण्डाफोर सभा गर्ने योजना रहेको पार्टी पीबीएम दीपक शाहीले बताउनु भयो ।
नेपालगन्जस्थित पुस्पलाल चोकबाट जुलुससहित सुरु भएको कार्यक्रम धम्बोझी चोकमा भण्डाफोर सभामा परिणत भएको थियो । कार्यक्रमको संचालन पार्टी केन्द्रीय सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो ।
घोराही ः
मंसिर ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल चार नं.व्यूरोले दाङको घोराहीमा जनसभा सम्पन्न गरेकोछ । सो जनसभामा बोल्दैक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले जेनजी युवाहरुको काँधमा बन्दुक राखेर नेपालको स्वाधीनतामाथि हमला गरेको बताउनु भएको छ ।
उहँले जेनजी युवाहरुलाई प्रश्न गर्नुभयो– “अब त थाहा भयो होला नि जेनजी युवा भाइवहिनीहरुलाई ? यो देश बचाउने कि नबचाउने ? सुशिला कार्कीको पराधीन कठ्पुतली सरकार राखिराख्ने कि त्यसलाई विघटन गरेर स्वाधीन संयुक्त सरकार बनाउने ?”
नेता सुदर्शनले साम्राज्यवादी र विस्तारवादीहरुले एमाले, कांग्रेस र माओवादी केन्द्र लगायतका संसदवादी पार्टीभित्रका एजेन्टहरुलाई प्रयोग गरेर जेनजी विद्रोह मच्चाइएको भन्दै जेनजी विद्रोहकै तागतमा बनेको सुशिला कार्कीले तीन महिना वित्न लाग्दा पनि किन जेनजीहरुका माग पूरा नगरेर केवल चुनावको राग अलापिरहेकी छिन् भन्दै प्रश्न गर्नुभयो र भन्नुभयो, “यो जेनजी विद्रोह माथिको धोका हो ।” साम्राज्यवादीहरुले युवा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन, राजनीति भनेको फोहरी खेल हो भन्दै युवा विद्यार्थीहरुलाई नै राजनीतिमा होमिदिएको भन्दै अब जेनजी युवाहरुले राजनीतिपछाडिको गम्भीर षड्यन्त्र, देशद्रोह र स्वाधीनतामाथिको आक्रमणलाई गहिरोसँग बुझ्नुपर्ने पनि बताउनु भयो ।
उहाँले जेनजी विद्रोहको आवरणमा लुकेको गम्भीर षड्यन्त्रको भण्डाफोर गर्दै अब देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता बचाउन यो देशका सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील, जनतन्त्र तथा लोकतन्त्रवादीहरुबिचमा संयुक्त राजनीतिक सम्मेलन गरेर स्वाधीन संयुक्त सरकार निर्माण गर्न सम्बन्धित सबैमा हार्दिक आव्हान पनि गर्नुभयो ।
पार्टीको ४ नम्बर ब्यूरोद्वारा आइतबार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक तथा आर्थिक संकट संसदभित्रका दलहरूले समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ, र विकल्पका रूपमा संसदबाहिरको क्रान्तिकारी शक्तिको भूमिका बढ्न थालेको छ।”कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि वर्तमान सत्ता संरचना, विदेशी हस्तक्षेप, तथा जेन्जी आन्दोलनको माग सम्बोधनमा भइरहेको गैरजिम्मेवारीपनका विरुद्धमा आक्रोश व्यक्त गरेका थिए ।
बुटवलः
साम्राज्यवाद , प्रतिगमन , तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने मुल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर ब्यूरोले बुटवलमा जनसभा सम्पन्न गरेको छ । जनसभा कार्यक्रममा प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलले सबै जनताको समस्या जनवादहुँदै समाजवादी ब्यवस्थाले मात्रै गर्ने बताउदै अहिलेको अवस्थामा स्वाधीन संयुक्त सरकार बनाउन आवश्यक रहेको जिकिर गर्नुभयो । अहिले अमेरिकी साम्राज्यवाद नेपालमा हावी भएको र सुशील कार्की नेतृत्वको सरकार उसैका एजेन्टको रहेको बताउनु भयो । पौडेलले जेनजीलाई सचेत रहन अनुरोध गर्दै , देशभक्त जेनजी , क्रान्तिकारी शक्ति , बामपंथी शक्ति सबै मिलेर स्वाधीन सरकार निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिए । उनले निर्वाचन अनिश्चित रहेको र निर्वाचन भएपनि त्यसले जनताका तमाम समस्या समाधान गर्न नसक्ने आरोप लगाए । ५ नम्बर ब्यूरो सचिव जितामित्र सुनारको अध्यक्षतामा सम्पन्न सभामा वैकल्पिक पोलिटव्यूरो सदस्य कृष्ण केसी , दिपक पौडेल , पार्टीका केन्द्रीय सदस्य तथा क्रान्तिकारी किसान महासंघका प्रतिनिधि क्षेत्र बहादुर थापा , वामपंथी नेता प्रेम सुवेदी , क्रान्तिकारी महिला संगठन केन्द्रीय सचिवालय सदस्य लक्ष्मी न्यौपाने लगायतले आफ्नो धारणा राख्दै अबको अग्रगामी राजनीतिक निकास स्वाधीन संयुक्त सरकारको विकल्प नरहेको बतएका थिए । ५ नम्बर ब्यूरो सदस्य रवि पान्डेको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेलले गरेका थिए ।
गोलबजार ः
स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्दै सिरहाको गोलबजारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध र भण्डाफोर कार्यक्रम सम्पन्न गरयो । कार्यक्रमका प्रमुख वक्ता पार्टीका स्थाइ समिति सदस्य क. प्रतीकले विरोध कार्यक्रमलाई सम्वोधन गर्दै “भ्रष्टाचारका विरुद्धको संघर्ष हाम्रो पार्टीको एजेण्डा भएकाले पार्टीले गर्न लागेको आगामी आन्दोलनमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो । उहाँले साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति(व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास हो भन्नु भयो ।
कार्यक्रमको उदघोषक तथा अर्का वक्ता १३ न ब्युरो इन्चार्ज तथा पार्टी पिविएम क. .रमेश हुनुहुन्थ्यो । उहाँले अमेरिकी साम्राज्यवादद्वारा संचालित आइएनजीओका नाइकेहरुले वास्तविक देशभक्त जेनजीलाई पछाडि धकेलेर कथित जेनजीको नाममा गराइएको विध्वंशका कारण देशले भाद्र २४ गतेको दुःखद परिणाम भोग्नु पर्यो भन्नु भयो ।
बनेपाः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १० नं ब्युरोको आयोजनामा काभ्रे जिल्लाको बनेपामा जनसभा सम्पन्न भएको छ । सुशिला कार्की नेतृत्वको सरकार खारेज गरेर स्वाधीन संयुक्त सरकार गठनको माग गर्दै बनेपामा जनसभा सम्पन्न भएको हो ।
पार्टीका सिन्धुली जिल्ला ईन्चार्ज भरत वुर्जा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थायी समिति सदस्य सीताराम तामाङ प्रमुख अतिथि हुनुहन्थ्यो । प्रमुख अतिथि तामाङले सम्बोधन गर्दै शुसिला कार्की नेतृत्वको सरकार गठन भएपछि नेपालको राष्ट्रियता झन संकटमा परेको बताउनुभयो । जेनजी आन्दोलन हाईज्याक गरेर साम्राज्यवाद र विस्तारवादले नेपाली स्वाभिमानमाथि हस्तक्षेप भएको भन्दै तामाङले अबको निकास स्वाधीन संयुक्त सरकार गठन गरेर मात्र समाधान हुने दावी गर्नुभयो ।
दोलखा सेक्रेटरी गोविन्द काफ्लेले उद्घोषणमा सम्पन्न भण्डाफोर कार्यक्रममा व्युरो इन्चार्ज सुरेश श्रेष्ठले विदेशी हस्तक्षेप बढ्दै जाँदा नेपालको स्वाधीनता संकटमा परेको भन्दै साम्राज्यवादले नयाँ नयाँ दलाल तयार गरेर आफ्नो स्वार्थ पुरा गरिहेको बताउनुभयो ।
श्रेष्ठले स्वाधीन संयुक्त सरकार गठन अहिले नेपाली जनताको उत्तम विकल्प भएको भन्दै उहाँले अग्रगमनको पक्षमा संयुक्त मोर्चा निर्माणमा जोड दिनुभयो ।
भरतपुर
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ११ नं व्यूरोले चितवनको भरतपुरमा भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ । चितवनको मालपोत कार्यालय चोकबाट नारा जुलुश सहित अगाडि बढेको¥याली सभामा परिणत भएको थियो ।
सभााको संचालन ११ नंव्यूरो सेक्रेटरी अनुकूलले गर्नुभएको थियो । सभामा वक्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम अटल, क्रान्तिकारी महिला संगठन नेपाकीसंयोजक अम्विका मुढवरीलगायत हुनुहुन्थ्यो ।
वक्ताहरुले देशको समसामयिक विषयमा पार्टीले लिएको नीति स्वाधिन संयुक्त सरकारको विषयमा मन्तव्य राख्नु भएको थियो । अहिलेको सरकार कसैले बनाइदिएको सरकार भएकोले यो सरकारले स्वतन्त्र ढंगले देशको हितमा काम गर्न नसक्ने भएकोले आफ्नो पार्टीले स्वाधिन संयुक्त सरकारको माग अघि सारेको धारणा राख्दै स्वाधिन संयुक्त सरकारले मात्रै देशतथा जनताको पक्षमा काम गर्न सक्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रकाशखनालले जेनजी आन्दोलन बारे कवितावाचन गर्नु भएको थियो ।
सन्धिखर्कः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा मिति २०८२ मङ्सिर ३ गते साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको विरोध गरौं राष्ट्रियता जनतन्त्र जीविकाको रक्षा गरौं, स्वधीन संयुक्त सरकारको गठन गरौं , भन्ने मूल नाराका साथ सितगंगाको अमराई सन्धिखर्कको सुपा देउराली र भूमिका स्थानको नुवाकोट हटियामा पालिकास्तरीय कोणसभाहरू पर्चा वितरण जन भेटघाट कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य नरेन्द्र थापा , केन्द्रीय सदस्य राजेन्द्र नेपाली र जिल्ला सह सेक्रेटरी तकमान राउतले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जीआन्दोलनको स्पिरिटलाई हाइज्याक गरेर विदेशी साम्राज्यवादको इशारामा बनेको सुशीला कार्की सरकारलाई बर्खास्त गर्दै क्रान्तिकारी देशभक्तहरूको स्वधीन संयुक्त सरकार गठन गर्नुपर्ने कुरा बताउनुभएको थियो । देशमा साम्राज्यवाद र विस्तारवादीहरुको योजनामा बनेको सरकार र पुराना दलहरूबाट देशको निकास नभएको पनि ठकुवा गर्नुभयो। देशमा जेन्जी आन्दोलनपछि देश गम्भीर अवस्थामा फसेको र जेन्जीआन्दोलनका मागअनुसार सरकार नबनेको र माग पुरा गर्न नसक्ने भयकोले सबैलाइ सजग सचेत रहदै खबरदारी गर्न आवान गर्नुभएको थियो ।
कार्यक्रमहरु कमल भुसालको सञ्चालनमा सम्पन्न भएका थिए कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागी रहेको थियो ।
विराटनगरः
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नम्बर व्यूरोले स्वाधीन संयुक्त सरकारको माग गर्दै विराटनगरमा एक कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न शहरहरुमा आइतबार साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरौँ, स्वाधीन संयुक्त सरकार गठन गरौँ भन्ने मुल नारा सहित देशैभरि भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ ।
सोहि कार्यक्रम अन्तर्गत १६ नम्बर व्यूरोले विराटनगरमा स्वाधीन संयुक्त सरकारको माग गर्दै साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै १६ नम्बर व्यूरोका सेक्रेटरी विमल निरौलाले सुशीला कार्की नेतृत्वको सरकार साम्राज्यवादी अमेरिका र भारतीय विस्तारवादको कठपुतली भएकोले यसले नेपालका युवा जेनजीहरुको माग सम्बोधन गर्न नसक्ने बताउनु भयो । उहाँले देशलाई निकास दिन युवा, विद्यार्थी मजदुर, किसान, सुकुम्बासी, महिला, दलित लगायत उत्पीडित समुदाय र उत्पीडित क्षेत्रको माग सम्बोधन गर्न क्रान्तिकारी, वामपन्थी, देशभक्त तथा प्रगतिशीलहरुको नेतृत्वमा स्वाधीन संयुक्त सरकार गठनको आवश्यता औल्याउनु भयो ।
कार्यक्रमको संचालन पार्टीका केन्द्रिय सदस्य पुष्प सुवेदीले गर्नु भएको थियो ।
यसै बीच, साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरौँ , स्वाधीन संयुक्त सरकार गठन गरौँ भन्ने मुल नारा सहित छापिएको अपिल पत्र विराटनगरका विभिन्न चौकहरुमा वितरण गरिएको थियो ।
देशव्यापी जनसभा
Comments

