एमालेको एघारौं महाधिवेशन ओली र पोखरेलको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल दुई प्यानलका बीचमा प्रतिस्पर्धा भएको छ । दुवै पक्षले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा गएका छन् । दुवै प्यानलमा अटाउन नसकेका वा इन्छाएको पदमा उम्मेदवारीमा सहमति जुटाउन नसकेकाहरु स्वतन्त्र रुपले आफ्नो इच्छा अनुसारको पदमा उम्मेदवारी दिने पनि गरेका छन् ।
एमालेको महाधिवेशनमा विगत केही महाधिवेशनदेखि सिद्धान्त, राजनीति र विचारमाथि छलफल नहुने र पद, प्रतिस्ठामा मात्र छलफल, होडबाजी र हदैसम्मका अस्वस्थ प्रतिस्पर्धा समेत हुने गरेका छन् । संस्थापन पक्षको इतर प्यानलका उम्मेदवारहरुले आफूहरुको बहुदलीय जनवाद कै पक्षधर भएको, सैद्धान्तिक, वैचारिक मतभिन्नता नभएर केवल कार्यशैलीगत मतभिन्नता रहेको बताउने गरेका छन् ।आफू पुनः अध्यक्षमा आउनका लागि केपी ओलीले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई विधानबाटै संशोधन गराएका छन् र अध्यक्षको उम्मेदवार बनेका छन् । संस्थापन इतर पक्षले पुरानो मान्यता तोडेर पदमा ओली तेस्रो पटक दोहोरिन हुन्न भन्ने कुरा राखिरहेको छ । एमालेले नेपालको कम्युनिस्ट आन्दोलनमा संसदवादी दक्षिणपन्थ धाराको नेतृत्व गर्ने हुँदा नेतृत्वमा जो आए पनि कम्युनिस्ट र आन्दोलनलाई सवलीकरण गर्ने कार्यमा कुनै योग नपुग्ने विश्लेषण पनि हुने गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित