रवि र बालेन बीच ७ बुँदे सहमति

 

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बुँदे सहमति भएको छ । पौष १३ गते विहानको उज्यालो नहुँदै उनीहरुले सहमति गरेका हुन् । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन प्रधानमन्त्री बन्ने उल्लेख छ ।

सहमतिपत्र हस्ताक्षर गर्दा र सहमतिपत्र आदानप्रदान गर्दा बालेन प्रफुल्ल र रवि मलिन भावमा देखिएका थिए । रवि र बालेन दुबैलाई नेपाली राजनीतिमा पश्चिमाको एजेण्ट भनेर व्यापक टिकाटिप्पणि हुने गरेको छ । गत भाद्र २३ र २४ को जेन जी विद्रोहमा उपद्रो मच्चाउने , ध्वंस र आगजनी गर्नेहरु मध्येका मुख्य पात्रहरु भनेर उनीहरु चर्चामा छन् । यी पात्रहरुलाई एकतामा ल्याउने कार्यमा विदेशीहरुकै विशेश हात रहेको नेपाली राजनीतिक वृत्तमा चर्चा छ । उता हर्क साङ्पाङ् र कुलमान घिसिङले पनि आफुलाई प्रधानमन्त्रीकारुपमा प्रचार गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित