काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक सन्तबहादुर नेपालीले सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथिको अमेरिकाले गरेको आक्रमणको घोर निन्दा एवम् भत्सर्ना गरेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक सन्तबहादुर नेपालीले पौष २० गते २०८२का दिन एक प्रेस वक्तव्य जारी गर्दै घोर निन्दा एवम् भत्सर्ना गर्नु भएको हो ।अमेरिकी साम्राज्यवादको भेनेजुएलामाथिको नग्न हस्तक्षेप गरी त्यहाँका राष्ट्रपति निकोलश मदुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेन्सलाई पक्राउ गरी अमेरिका पु¥याएको खबरले विश्वलाई चिन्तित तुल्याएको वक्तव्यमा उल्लेख गरिएको छ ।वक्तव्यको पूर्णपाठ यसप्रकार छ- अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाको डेल्टा फोर्सद्वारा ३ जनवरी २०२६
(२०८२ पौष १९) का दिन भेनेजुएलाको राजधानी काराकासमा विश्व मान्य अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र
संघको बडापत्र र सार्बभौम सत्ताको सिद्धान्तलाई ठाडै कुल्चेर नाड्गो आक्रमण गरी भेनेजुएलाका निर्बाचित
राष्ट्रपति निकोलास मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेन्सलाई पक्राउ गरेर अमेरिका पु¥याइएको खबरले
बिश्व समुदाय चिन्तित र तरंगित छ । यस्तो अत्यन्तै आततायी सैनिक हस्तक्षेप गर्नुका पछाडि डोनाल्ड ट्रम्पले
राष्ट्रपति मादुरोमाथि लागु औषध कारोबार तथा आतंकवादको फत्तुर लगाएको छ । नेपालको समय अनुसार
साँझ ९ ः ४५ मा ट्रम्पले पत्रकार सम्मेलन गरेर अर्को व्यवस्था नहुन्जेल भेनेजुयलाको सत्ता अमेरिकाले संचालन
गर्ने र भेनेजुएलाका कुनै कर्मचारीले मादुरोको पक्ष लिएमा नराम्रो हुने भनेर नग्न धम्की पनि दिएका छन्।
अमेरिकी साम्राज्यवादले यसप्रकारको दादागिरी र हस्तक्षेप विश्वका धेरै मुलुकहरुमा गर्दै आएको छ । पछिल्लो
समयमा त्यसले भेनेजुएलामा रहेको तेलको भण्डारलाई कब्जा गर्नका लागि भेनेजुएलामाथि कथित आरोप लगाएर
एउटा सर्वाभौमसत्ता सम्पन्न राष्ट्रमाथि यसरी घोर निन्दनीय आक्रमण गरेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा
नेपाल अमेरिकी साम्राज्यवादको यसप्रकारको नव फासिवादी तथा आतंककारी नीतिको घोर निन्दा एवं तीब्र
भत्र्सना गर्दछ । साथै मादुरो दम्पत्तिको तत्काल विनाशर्त रिहाई गर्न र अमेरिकी राज्य आतंक बन्द गर्न जोडदार
माग गर्दछ । हाम्रो मोर्चा अमेरिकी साम्राज्यवादको अन्तर्राष्ट्रिय कानुन विपरीत गरिएको यस प्रकारको नाड्गो
हस्तक्षेपका विरुद्धको संघर्षमा भेनेजुयाली संघर्षशील, न्यायप्रेमी जनतासित दृढ ऐक्यबद्धता प्रकट गर्दछ । साथै
अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध विरोध गर्न संसारभरीका न्यायप्रेमी जनतासित हार्दिक अपिल समेत गर्दछ
सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि अमेरिकाले गरेको आक्रमणको घोर निन्दा एवम् भत्सर्ना
Comments

