काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले सार्वभौमसत्ता सम्पन्न भेनेजुयलामाथि गरिएको अमेरिकी हस्तक्षेपको विरुद्धमा आयोजना गरिएको विरोध सभामा सहभागिताकोलागि सबै न्यायप्रेमी जनसमुदायलाई अनुरोध गरेको छ । कार्यक्रम पौष २१ गते २ बजे कास्कीको लखन चोकमा हुँदैछ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्की सहित अन्य वामपंथी पार्टीहरुको संयुक्त आयोजनामा विरोध प्रदर्शन हुने आयोजकले जनाएको छ ।
Comments

