काठमाण्डौ । नेपाली नेताहरुको दिल्ली दौडको क्रम पछिल्लो समय हवात्तै बढेको छ ।गत पौष ७ मा, पूर्व प्रधामन्त्री बाबुराम भटराइ दिल्ली पुगेका थिए । त्यसपछि गत पौष २० मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी दिल्ली पुगेका थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र प्रचण्डकाबीच नयाँ दिल्लीको ताजमान सिंह होटलमा भेटवार्ता भएको थियो ।
भेटका क्रममा नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा घोषित निर्वाचनका बारेमा छलफल भएको र निर्वाचनबाट नै राजनीतिक प्रणाली जोगिने र भारतले समेत सोही कुरा चाहेको प्रचण्डलाई डोभलले सुनाएका थिए भने प्रचण्डले आफु भारत आउनु अघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको बताएका थिए । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासमेत गत पौष २० मा नयाँ दिल्ली गएकी छन्। नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छन् । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल पनि सोमबार दिल्ली प्रस्थान गरेका छन्।
नेपालमा भाद्र २३ र २४ गतेको घटनाले नयाँ सरकार गठन भएपछि पुराना राजनैतिक दलहरु सत्ताच्यूत हुनु परेको अवस्था छ । सत्ताच्यूत हुनुपर्दाको अवस्थामा भारतले जुनसुकै शर्तहरु राखे पनि मानेर भविष्यमा राष्ट्रघात हुने हो कि भन्ने आशंका नेपाली जनताको रहेको छ । विगतको नेपालको राजनीतिक घटनाक्रमहरुमा पनि यस्तै हुँदै आएको छ ।
नेताहरुको दिल्ली दौड राष्ट्रघात हुन सक्ने आशंका
Comments

