काठमाण्डौ । केन्द्रीय संयुक्त सघर्ष समिति अन्तर्गत उपत्यकाको बैठक कृष्णसेन इच्छुक प्रतिष्ठानको सभा कक्षमा माघ २ गते सम्पन्न भएको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयोजनमा बैठक सम्पन्न भएको हो। बैठकमा नेकपा (बहुमत ) वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , नेकपा , नेकपा(जनपक्ष( समाजवाी कम्युनिस्ट पार्टी नेपालको सहभागिता रहेको थियो। बैठकले उपत्यका सघर्ष समितिको सम्योजनको जिम्मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ९ नं व्यूरो सचिव चिन्तामणि पौडेल लार्इ दिएको छ। समितिमा प्रत्येक घटक बाट एक जना महिला सहित ३ जना रहने गरी १८ सदस्यीय समितिको निर्माण गरेको छ।बैठकले केन्द्रीय सघर्ष समितिले घोषणा गरेको माघ छ गतेको जन प्रदर्शन लाइ सफल बनाउन महत्त्वपूर्ण निर्णय गरेको छ।

