काठमाण्डौ । फागुन २१ गते सरकारले घोषणा गरेको संसदीय निर्वाचन बहिस्कारको खातिर विरोध प्रदर्शन कार्यक्रम हुँदै छ । ६ पार्टीहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल , नेकपा (बहुमत) वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , नेकपा (जनपक्ष) , नेपाल कम्युनिष्ट पार्टी र समाजवादी कम्युनिष्ट पार्टी नेपालको संयुक्त आयोजनामा विरोध प्रदर्शन हुने भएको हो । कार्यक्रम माघ ५ गते दिनको १२ बजे हुँदैछ । कार्यक्रम सुन्धारा काठमाण्डौबाट शुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वको सम्बोधन रहने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थितिकोलागि सबैलाई अनुरोध गरिएको छ ।
Comments

